नवलपरासी ।
बर्दघाट नगरपालिका वडा नं. ४ स्थित कुमुदिनी ईङ्गिलस बोडिङ्ग स्कुलमा आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ‘समुदाय प्रहरी -साझेदारी’ कार्र्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा भएको सचेतना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रधानाध्यापक मिन केशर शर्मा लगायत शिक्षक शिक्षिका तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थी गरी १५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले आत्महत्या रोकथाममा नागरीकको भुमिका सम्बन्धमा सहभागिहरुसंग अन्र्तक्रिया गर्नुभएको थियो । सो अवसरमा प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले आत्महत्या न्यूनीकरण सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।





