• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लुम्बिनी चिनी उद्योग चुनौतीका बीच सञ्चालनमा-वायुप्रदुषण नियन्त्रणका लागि वाटर फिटनेस प्लान्ट जडान,७२ घण्टा भित्र कृषकलाई भुक्त्तानीको योजना

  •  
  • २०७९ पुष १४, बिहीबार १५:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । कुनै समय देशको ग़ौरवका रूपमा रहेको पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उधोग यो सीजन सञ्चालनमा आएसंगै स्थानीयले चिनीमिलको प्रदुषणले सास्ती खेप्नुपरेको भन्दै वातावरण प्रदुषण नियन्त्रणको माग गरेका छन् । सुनवल स्थित लुम्बिनी चिनीमिल सञ्चालन हुँदा वातावरणीय प्रदुषण बढेर सुनवल क्षेत्रका बासिन्दालाई स्वास्थ्य समस्या भएको भन्दै उनीहरुले प्रदुषण नियन्त्रण हुने ग्यारेन्टी हुुनुपर्ने माग गरेका छन् ।
    सुनवल १ पायनियरकी स्थानिय कमला न्यौपाने भन्छिन्“ चिनीमिलको धुवा धुलोले धोएर सुकाएको कपडा पनि कालो हुन्छ अझ, हाम्रो स्वास्थ्यलाई त झन् कस्तो बनायो होला ?” यस्तै सुनवलका युवा व्यवसायी प्रदीप पोखरेल भन्छन् “प्रदुषण नियन्त्रणका लागि स्थानियसंग पटक पटक गरीएको पुर्व सहमती कार्यान्वयन नभई यस वर्ष पनि उद्योग संचालन गरिएको छ यसलाई उद्योगको अटेरीका रुपमा लिन सकिन्छ ।” उनि थप्छन् “त्यसका लागि स्थानिय प्रसासन, अन्य सरोकारवाला निकाय मुखदर्शक हुनुले स्थानिय बासीलाई थप मर्का परेको छ ।”

    यता उद्योगले भने प्रदुषण नियन्त्रणका लागि उद्योगबाट निस्कने फोहोरबाट बायोकम्पोष्ट मल बनाउने, गन्ध नियन्त्रण गर्ने जानकारी दिएको छ । यस्तै उद्योगमा यस वर्षबाट वाटर फिटनेस प्लान्ट जडान गरिएको उद्योगका प्रवन्धक कुश सुवेदीले जानकारी दिए । ३ महिना अघि नगरपालिकाले अस्पताल बनाउन प्रस्ताव गरे पनि टुङ्गो नलागेको उनको भनाई छ । समुदायले आफ्नो अनुकुल प्रस्ताव राख्नु स्वभाविक भएको र आफुहरु मिललाई नागरीकमैत्री बनाएर सञ्चालन गर्ने प्रयत्नमा रहेको उनले बताए ।

    यस्तै लुम्बिनी चिनी मिलले यस वर्ष कृषकलाई उखुको भुक्तानीमा ढिलार्ई नहुने बताएको छ । उखु आएको ७२ घण्टा भित्र उखुको रकम भुक्तानी गरीने प्रवन्धक सुवेदीले बताए । यस वर्ष सरकारले अझै उखुको मुल्य निर्धारण नगरेकाले गत वर्षकै मुल्यमा उखु खरिद गरिएको छ । गत वर्ष सरकारले ५२० रुपैया प्रति क्विन्टल मुल्य निर्धारण गरेको थियो । यस्तै विगतका उखुको भुक्त्तानी अव ३ लाख मात्र रहेकाले क्रमशः भुक्तानी गर्दै जाने प्रवन्धक सुवेदीले जानकारी दिए ।
    विगतका वर्षहरुमा १२ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने गरिएकोमा यस वर्ष ढिलो गरी सुरु गरिएकाले ६ लाख क्विन्टल मात्र उखु क्रसिङ्ग गर्ने योजना रहेको उद्योगले जनाएको छ ।

    Post Views: 182

    प्रकाशित मिति: २०७९ पुष १४, बिहीबार १५:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.