• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सीमा नाकाबाट उच्च तस्करी

  •  
  • २०७९ पुष १४, बिहीबार १३:२१ प्रकाशित
    A joint security team from Nepal and India patrolling the no man’s land in the Dasgaja area of Nepal-India border, in Gaur Municipality, Rautahat, on Sunday, January 6, 2019. Photo: THT
    • अ-
    • अ
    • अ+

    केशव पराजुली,नवलपरासी । पश्चिम नवलपरासीका विभिन्न भारतीय नाकाबाट पछिल्लो समयमा व्यापक रुपमा तस्करी हुने गरेको पाइएको छ । सीमा क्षेत्रबाट चिनी, चामल, गहुँ तस्करी हुने गरेको हो । प्रत्येक दिन ३ देखि ४ ट्रक जिल्लाका विभिन्न नाकाबाट तस्करी हुँदा प्रहरीले कुनै वास्ता गरेको पाइँदैन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को नथई नगरबाट मोटरसाइकल र पीकपबाट दिनहँु चिनीलगायतका सामान आउने गरेको स्थानीयको भनाई रहेको छ । त्यस्तै प्रतापुर गाउँ पालिका ५ को धर्मौली, सरावल गाउँपालिकाको भुजहवाबाट समेत दिनहुँ तस्करी हुने गरेको छ । जिल्लाबाट हुने तस्करीमा प्रहरीको संलग्नता रहेको बताइन्छ ।

    नवलपरासीका विभिन्न सीमावर्ती नाकाबाट दैनिकजसो भन्सार छलेर भित्र्याइने चिनीका कारण नेपाली उद्योगहरु धरासायी बन्ने अवस्थामा पुगेको जिल्लाका उद्योगीहरुले गुनासो गरेका छन् । जिल्लामा तीन ठूला चिनी उद्योग छन् । अहिले बाग्मती, इन्दिरा र लुम्बिनी चिनी उद्योगहरुले उखु क्रसिङ गरेर चिनी उत्पादन गरिरहेका छन् । चिनी उत्पादन भए पनि भारतीय चिनीका कारण बजारमा चिनीको भाउ पाउन समस्या भएको उद्योगहरुले बताएका छन् ।
    जिल्लाको नथई नगर, धर्मौली, भूजहवा, झोलनीपुर, बसैयालगायतका सीमावर्ती नाकाबाट दैनिकजसो ३ देखि ४ ट्रक चिनी तस्करी गरी नेपाल भित्र्याइँदा त्यसको प्रत्यक्ष असर उद्योगमा परेको उद्योगीहरुले बताएका छन् । दिनहुँजसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले पिकअप भेनबाट ल्याइएका चिनी बरामद गरेको दाबी गर्दै आएको भए पनि तस्करी भने रोकिएको छैन । ठूलो परिणामको चिनी बरामद गरेको भने पाइएको छैन । तथ्यांक हेर्ने हो भने गत साउनदेखि मंसिर मसान्तसम्म ९४६ क्वीण्टल चिनी बरामद गरेको जनाएको छ ।
    जसअनुसार भन्सार र सशस्त्र प्रहरीको टोलीले ४५१ क्वीण्टल , नेपाल प्रहरीले ४९३ क्वीण्टल चिनी बरामद गरेर भन्सार बुझाएको महेशपुर भन्सार कार्यालयका प्रमुख कणर्विर गैरले जानकारी दिएका छन् । भारतले चिनी निर्यात बन्द गरेको छ । निर्यात बन्द गरेका कारण पनि जिल्लामा चिनीको तस्करी बढेको गैरेको भनाई छ । प्रहरीले चिनी पक्राउ गरेको जनाए पनि अन्य सामान भने पक्राउ गरेको पाइँदैन । चिनी रातको समयमा मात्र नभई दिउँसोमा पनि तस्करी हुने गरेको स्थानीयले बताएका छन् । जिल्लाका विभिन्न नाकाबाट तस्करीको चिनी धमाधम भित्रिने गरेका छ । उद्योगीहरुले अवैधरुपमा भित्रिने चिनी नियन्त्रण गर्न उद्योगीहरुले सरकारसँग माग गरेका छन् ।
    ‘भन्सार छलेर आउने चिनीले नेपाली उत्पादनलाई मात्र असर गरेको छैन । राजस्वमा समेत करोडौं घाटा पुगेको छ । बजारमा तस्करीको भारतीय चिनी भित्रिएपछि नेपाली चिनीले मूल्य पाउन नसकेको लुम्बिनी चिनी उद्योग सुनवलका प्रशासन प्रमुख कुशप्रसाद सुवेदीले बताए । भारतबाट आउने चिनी नेपाली चिनीभन्दा धेरै गुणस्तरहीन रहेको उद्योगीहरुले बताएका छन् । भारतबाट तस्करी हुने चिनी बुटवल, नारायणगढ, पोखरा जाने गरेको छ । पश्चिम नवलपरासीबाट चिनी, चामल, गहँु मात्र होइन मोटरपार्टस्, कपडा, टायललगायतका सामान दिनहँु तस्करी हुने गरेको छ । भारतीय चिनी नेपाल भित्रिदा नेपाली चिनी बिक्री हुन सकेको छैन । चिनी बिक्री नहुँदा उद्योगले किसानसँग खरीद गरेको उखुको भुक्तानी दिन नसक्दा उखु किसान समेत मारमा परेका छन् ।

    Post Views: 134

    प्रकाशित मिति: २०७९ पुष १४, बिहीबार १३:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न
    नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.