
नवलपरासी । पश्चिम नवलपरासीको सरावल स्थित सामुदायिक वनबाट काठ लोड गरेको पिकअप सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बासा प्रहरी चौकिबाट खटिएको प्रहरी टोलि र वन उपभोक्ता समुहको संयुक्त गस्ती टोलिले सरावल १ मा रहेको वसन्त हरियाली सामुदायिक वनबाट १९ वटा गोलिया लोड गरेको पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रहरी कर्यालय पश्चिम नवलपरासीले जनाएको छ । १ सय ३७ दशमलव ५ क्वीफिट बराबरको अवैध रुपमा काठ लोड गर्दै गरेको अवस्थमा लु १ च ७२८२ नम्वरको पिकअप सहित सुनवल ११ का शेषकान्त ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको लागी सव डिभिजन वन कार्यालय बर्दघाट वुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।




