७ कार्तिक २०८३, शुक्रबार

मकुना हात्ती मृत्यु प्रकरणः वन मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन समिति

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर मुत्यु भएको भनिएको मकुना हात्तीको विषयमा छानविन गर्न समिति बनेको छ । वन मन्त्रालयले सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्य छानविन समिति बनाइएको हो ।

समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिने गणका एक एक जना प्रतिनिधि र एक जना चितवनका पशु चिकित्सक रहेको समिति बनेको निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

छानविन समितिले मकुना मार्नुको कारण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनिकरण तथा सावधानीका विषयमा सुझाव पेस गर्नेछ । बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरले जानकारी दिनुभयो ।

उहाका अनुसार मकुनालाई धपाउनका लागि ६ राउण्ड गोली फायर भएको छ । गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब १ किलोमिटर पर ढलेको अवस्थामा भेटिएको उहाले बताउनुभयो । घटनास्थलमा मृत हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको भेटिएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार