• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन: विशेष अतिथिहरूले सीप र व्यावसायिकतामा जोड 

  •  संवाददाता
  • २०८१ फाल्गुन १५, बिहीबार १७:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं— एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टर को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि Goresh Group का CEO श्री नकाटा सुनिची तथा विशेष अतिथिहरूले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नु भयो । कार्यक्रमको अध्यक्षता एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष प्रकाश श्रेष्ठले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि श्री नकाटा सुनिचीले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै भन्नुभयो, “नेपाली कामदारहरू इमानदार र मेहनती छन्। विदेशी रोजगार बजारमा उनीहरूको उच्च माग छ।

    एलाइड वर्क फोर्स सोलुशनले प्रदान गर्ने तालिमले नेपाली कामदारको प्रतिष्ठा अझ मजबुत बनाउनेछ।” कार्यक्रमका अध्यक्ष प्रकाश श्रेष्ठले व्यावसायिकता र तालिमको महत्त्वबारे चर्चा गर्दै भन्नुभयो, “हामी दक्ष तालिम र रोजगारी अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेका छौं। यस किसिमका संस्थाले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्नेछन्।” विशेष अतिथि नेपाल संघीय वैदेशिक रोजगार ब्यावसायी संघ (NAFEA) का सचिव कर्ण कटवालले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताउँदै भन्नुभयो, “सफल वैदेशिक रोजगारीका लागि तालिम अपरिहार्य छ।

    एलाइड वर्क फोर्स सोलुशनले यही प्रतिबद्धता देखाउनु सकारात्मक कदम हो।” त्यसैगरी, ECAN का Immediate Past President (IPP) प्रकाश पाण्डेले संस्थाको सफलताको कामना गर्दै शिक्षा परामर्श तथा वैदेशिक रोजगारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। ECAN अध्यक्ष शेषराज भट्टराईले शिक्षा परामर्श र वैदेशिक रोजगारी क्षेत्रबीच समन्वय आवश्यक रहेको भन्दै भन्नुभयो, “यी दुई क्षेत्रले पारस्परिक सहयोग गर्न सके मात्रै नेपाली विद्यार्थी र कामदारलाई उचित सल्लाह तथा अवसरहरू प्राप्त गर्न सकिन्छ।” कार्यक्रमको अन्त्यतिर केक काट्ने तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भयो। समापन मन्तव्य दिँदै एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष प्रकाश श्रेष्ठले सबै अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो। कार्यक्रममा उपस्थित सबै अतिथिहरूले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्त्वमा जोड दिँदै एलाइड वर्क फोर्स सोलुशनको सफल भविष्यको कामना गर्नुभयो।

    Post Views: 6,565

    प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार १७:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. रसुवामहाविपत्ति संगै नारायणीले सुस्ताभूमि कटान: बोरा-तटबन्धले प्राण जोगायो, अब स्थायी समाधानको दिशा !

    • २. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    • ३. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • ४. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ५. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. रसुवामहाविपत्ति संगै नारायणीले सुस्ताभूमि कटान: बोरा-तटबन्धले प्राण जोगायो, अब स्थायी समाधानको दिशा !

    • ३. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.