काठमाडौं – नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अन्तर्गत उधमी–व्यवसायी महाशाखाको शैक्षिक परामर्श शाखाको दोस्रो सम्मेलन काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा अत्यन्त भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा उपत्यका विशेष प्रदेशका सह-इन्चार्ज कमरेड रमेश मल्ल प्रमुख अतिथि रहनु भएको थियो भने महाशाखा इन्चार्ज कमरेड कृष्ण के. शी. को विशेष उपस्थिति रहेको थियो। सम्मेलनमा निर्वाचन समिति संयोजक कमरेड बाबा बस्नेतले शाखा समिति सर्वसम्मत रूपमा चयन भएको घोषणा गर्नुभएको हो।
निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा कमरेड ज्ञानेन्द्र मान जोशी चयन हुनुभएको छ। उपाध्यक्षहरूमा कमरेड भवनाथ हुमागाईं, गीता कुमारी रिजाल, र फिलिप डिसी रहनुभएको छ। सचिवमा सन्तोष सापकोटा, सह–सचिवमा गोविन्द आचार्य, र कोषाध्यक्षमा गौतम पुडासैनी चयन हुनुभएको छ। साथै, १० जना सदस्यहरूको समावेश रहेको छ।
त्यस्तै, उपशाखा ‘क’ को अध्यक्षमा कमरेड सूर्य खतिवडा र उपशाखा ‘ख’ को अध्यक्षमा कमरेड रविन के.सी. निर्वाचित हुनुभएको छ।
सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण कमरेडहरूलाई सम्मेलनले क्रान्तिकारी बधाई र सफल, सशक्त तथा जनमुखी कार्यकालको शुभकामना व्यक्त गरेको छ। सम्मेलनले शैक्षिक परामर्श क्षेत्रको संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


