काठमाडौं, थोमस मोर युनिभर्सिटी (TMU) को प्रतिनिधिमण्डलले नेपालमा एक विशेष सत्र सम्पन्न गरेको छ। उक्त सत्र नेपाली विद्यार्थीहरूलाई शिक्षा अवसरहरूको जानकारी दिन र युनिभर्सिटीसँगको साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको थियो।

सत्रको प्रमुख अंशमा मिस्टर जस्टिन भोगलले थोमस मोर युनिभर्सिटीको उद्देश्य, स्थान र प्रमुख कार्यक्रमहरूको बारेमा जानकारी दिएका थिए। उनले युनिभर्सिटीको विशेषताहरू प्रस्तुत गर्दै नेपाली विद्यार्थीहरूका लागि ब्याचलर प्रोग्रामहरूमा पचास प्रतिशत सम्म छात्रवृत्ति प्रदान गरिने उल्लेख गरेका थिए।
त्यसपश्चात, युनिभर्सिटीकी ग्लोबल रिक्रूटमेन्ट डाइरेक्टर स्टेसी मारी लभले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध समर्थन सेवाहरू र करियर अवसरहरूको बारेमा प्रस्तुति दिएकी थिइन्। साथै, उनले नेपाली विद्यार्थीहरूको सफलताका प्रेरणादायक कथाहरू पनि प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा खुला प्रश्नोत्तर सत्र पनि सम्पन्न गरिएको थियो, जसमा सहभागीहरूले विश्वविद्यालयका प्रमुख कार्यक्रमहरू, आवेदन प्रक्रिया र अन्य शैक्षिक विषयहरूमा जिज्ञासा राख्न पाएका थिए।
आवेदन प्रक्रिया र आवश्यकताहरूको विषयमा ग्लोबल युनि सर्चका निर्देशक ज्याक्सन सुबेदिले विस्तृत रूपमा जानकारी दिएका थिए। उनले आवेदन गर्दा आवश्यक पर्ने दस्तावेजहरू र प्रायः गरिने गल्तीहरूबाट कसरी जोगिने भन्ने सम्बन्धमा सुझाव दिएका थिए।
सत्रका क्रममा यो पनि घोषणा गरिएको थियो कि ग्लोबल युनि सर्च नेपालमा थोमस मोर युनिभर्सिटीको विशेष एड्मिसन पार्टनर रहेको छ, जुन स्मार्ट एड्भेन्चर्ससँगको सहकार्यमा सम्भव भएको हो। स्मार्ट एड्भेन्चर्सले विश्वव्यापी रूपमा थोमस मोर युनिभर्सिटीको विद्यार्थी भर्ना व्यवस्थापन गर्दै आएको जानकारी गराइएको थियो।
ज्याक्सन सुबेदिले थप जानकारी दिँदै थोमस मोर युनिभर्सिटी, केन्टकी, अमेरिका स्थित, प्रोफेशनल MBA (STEM) र मास्टर इन पब्लिक हेल्थ कार्यक्रमका लागि प्रसिद्ध रहेको उल्लेख गरेका थिए। साथै, विश्वविद्यालयले BBA (STEM) कार्यक्रम समेत प्रदान गरिरहेको र स्वास्थ्य सेवा, वित्त, डाटा एनालिटिक्स र व्यवस्थापन जस्ता विकल्पहरू उपलब्ध गराइरहेको बताए।
थोमस मोर युनिभर्सिटीले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई प्रस्तुत गरेको थियो।
सत्रको अन्त्यतिर स्मार्ट एड्भेन्चर्सका अध्यक्ष पवन श्रीवास्तवले साझेदारीका फाइदाहरू र विश्वविद्यालयका पार्टनरहरूलाई प्रदान गरिने समर्थन सेवाहरूका विषयमा छलफल गरेका थिए।
अन्ततः, धन्यवाद ज्ञापन र “Token of Love” वितरण गर्दै ग्लोबल सर्च र थोमस मोर युनिभर्सिटीका प्रतिनिधिहरूले सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए।
सत्रको समापनपछि सहभागीहरूले व्यक्तिगत रूपमा प्रतिनिधिहरूसँग अन्तिम संवाद र नेटवर्किङ गर्ने अवसर पाएका थिए, जसले कार्यक्रमलाई थप सफल र प्रभावकारी बनाएको थियो।




