काठमाडौंः शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले आयोजना गरेको ‘टेष्ट प्रिपरेशन बुटक्याम्प ६.०’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको बागबजारस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म बुटक्याम्प सञ्चालन गरिएको हो।

आईईएलटीएस, पीटीई, टोफेल, डुओलिङ्गो र स्याट जस्ता अन्तर्राष्ट्रिय टेस्ट तयारीका लागि आयोजित कार्यक्रममा सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो।
मुख्य आकर्षणहरूमध्ये:
-
ब्रिटिश काउन्सिलका विवेक लिम्बूबाट विशेष सेसन
-
पियर्सनका सुमन कृष्ण श्रेष्ठबाट पीटीई सम्बन्धी व्यावसायिक सत्र
-
ईटीएसका सौरभ श्रेष्ठबाट टोफेल र जीआरई सम्बन्धी आधिकारिक जानकारी
-
उद्योग विशेषज्ञहरूसँग कोर्स छनोट र तयारीमा सहयोग
-
डुओलिङ्गो र स्याट परीक्षणका बारेमा टिप्स र ट्रिकहरू
कार्यक्रममा सहभागीहरूले रिचार्ज कार्ड, मुभी टिकट र गिफ्ट ह्याम्पर जित्ने मौका पनि पाए।
कार्यकारी निर्देशक सिता भट्टराईले आगामी दिनमा आयोजना हुने यस्तै कार्यक्रममा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गर्दै भनिन्,
“इन्लाइटनले दैनिक विहान ६ बजे देखी बेलुका ६ बजेसम्म विशेष छुट सहित तयारी कक्षा सञ्चालन गरिरहेको छ। विद्यार्थीहरूले यस अवसरको उपयोग गर्नुपर्छ।”
रिजनल डेभलपमेन्ट म्यानेजर सुमन कृष्ण श्रेष्ठले भने,
“विद्यार्थीसँग ज्ञान साट्न पाउँदा खुसी लागेको छ। पीटीई फास्ट, इजी र सिम्पल टेस्ट हो जुन विश्वभरका कलेज र विश्वविद्यालयहरूले मान्यता दिएका छन्।”
त्यस्तै, ईटीएसका सौरभ श्रेष्ठले भने,
“टोफेल शुद्ध अंग्रेजी दक्षता परीक्षण हो भने जीआरई अमेरिका, क्यानडा लगायतका प्रतिष्ठित विश्वविद्यालयहरूमा मास्टर्स भर्नाका लागि अनिवार्य टेस्ट हो।”
साढे एक दशकदेखि विद्यार्थीहरूलाई विदेश पठाउँदै आएको इन्लाइटन आजको दिनमा विद्यार्थी र अभिभावकमाझ लोकप्रिय शैक्षिक परामर्श संस्था बनेको छ।



