३० भदौ २०८३, मङ्लबार

बिज एजुकेशनद्वारा ‘युनिभर्सिटी अफ चेष्टर एडमिशन डे 2025’ सफलतापूर्वक सम्पन्न

बिज एजुकेशनले गठ्ठाघर अफिसमा आयोजना गरेको विशेष कार्यक्रम ‘एडमिशन डे 2025’ सफलतापूर्वक सम्पन्न भएको छ। जुलाई ४ तारिखका दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म आयोजित सो कार्यक्रममा उल्लेख्य संख्यामा विद्यार्थी र अभिभावकहरूको उपस्थिति देखिएको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा युकेको प्रतिष्ठित युनिभर्सिटी अफ चेष्टरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी प्रतिनिधिहरूमा Mr. Heath Aster (Head of International Operations), Mr. Kiran Kumar Appana (Senior Country Manager – India, Sri Lanka & Nepal) तथा Ms. Rabina Thapa (Country Manager – Nepal) रहेका थिए।

उनीहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष रूपमा संवाद गर्ने अवसर पाएर युकेमा उच्च शिक्षा अध्ययन सम्बन्धी जानकारी, छात्रवृत्ति अवसर, पाठ्यक्रम छनोट र क्यारियर क्लारिटी सम्बन्धी महत्वपूर्ण मार्गदर्शन प्राप्त गरेका थिए।

सो कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना लक्ष्य अनुसारको विषय, विश्वविद्यालय चयन गर्ने उपाय र भविष्यको क्यारियर योजना बारे स्पष्टता प्राप्त गरेका थिए। बिज एजुकेशनको समन्वय र व्यवस्थापन उच्चस्तरीय रहनुका साथै सहभागीहरूलाई आवश्यक सबै जानकारी सहज रूपमा उपलब्ध गराइएको थियो।

कार्यक्रमको सफलतामा सहयोग पुर्‍याउने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा युनिभर्सिटी अफ चेष्टरका प्रतिनिधिहरूप्रति बिज एजुकेशनले आभार प्रकट गरेको छ। संस्थाले आगामी दिनहरूमा पनि यस्तै उपयोगी शैक्षिक कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार