अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि तयारी गरिरहेका नेपाली विद्यार्थीहरूका लागि प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले प्रि-डिपार्चर सेसन सफलता साथ सम्पन्न गरेको छ।

विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन दिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा बिकेश शाही, अष्ट्रेलियन टिम लिडरले बिस्तृत जानकारीमूलक प्रस्तुति दिएका थिए।
सेसनका मुख्य अंशहरू, यात्रा सम्बन्धी कागजातहरूको सूची, अष्ट्रेलियामा बसोबासका टिप्स र कानुनी जानकारी, सांस्कृतिक अनुकूलनका उपायहरू, खर्च व्यवस्थापन र छात्रहरूको जिम्मेवारी, अस्ट्रेलियामा गर्न नहुने गल्तीहरू जस्ता कुरा हरु बारेमा जानकारी गरीयको थियो।
विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सबैले जानकारीमूलक प्रस्तुति र सहयोगी वातावरणको प्रशंसा गरे।
बिकेश शाहीले भने,“विदेश जानुअघि विद्यार्थीले आवश्यक तयारी गर्नु अत्यावश्यक हुन्छ। यस्तो सेसनले उनीहरूलाई आत्मविश्वासका साथ नयाँ यात्रा सुरु गर्न सहयोग गर्छ।”
प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरूको समग्र सफलताको लागि निरन्तर सहयोग र परामर्श प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।


