इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (ICCC) चावहिलद्वारा आयोजित ‘अष्ट्रेलिया एडमिशन डे’ भव्य रूपमा सम्पन्न भएको छ। अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि यो कार्यक्रम उपयोगी र जानकारीमूलक बन्न पुगेको थियो।

कार्यक्रमको दौरान विद्यार्थीहरूले अनुभवी शैक्षिक परामर्शदातासँग प्रत्यक्ष भेटघाट गर्ने मौका पाए,स्थलमै आवेदन प्रक्रिया सुरु गर्ने सहयोग पाए,अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूका छात्रवृत्ति तथा पाठ्यक्रमहरूबारे जानकारी पाए र आईसीसीसी चावहिलको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रका विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आईसीसीसी चावहिलका शाखा प्रमुख अनुप शर्माले कार्यक्रममा सहभागिता जनाएका सबैलाई धन्यवाद दिँदै भने,
“विद्यार्थीहरूको यो उत्साह र सहभागिताले हामीलाई अझ उत्साहित बनाएको छ। अष्ट्रेलिया अध्ययनका लागि लोकप्रिय गन्तव्य हो, र यस्तो कार्यक्रमले विद्यार्थीलाई सही निर्णय लिन सहयोग गर्दछ।”
कार्यक्रममा भिषा प्रक्रिया, जीवनशैली तथा आवश्यक कागजातहरूबारे समेत जानकारी दिइएको थियो। आईसीसीसीले अन्तर्राष्ट्रिय अध्ययनका लागि भरपर्दो परामर्श सेवाहरू प्रदान गर्दै आइरहेको प्रतिबद्धता पुनः दोहोर्याएको छ।

