• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेक्सा (NECSA) को ‘कोरियन एजुकेसन फेयर’ सम्पन्न

  •  संवाददाता
  • २०८२ कार्तिक २३, आईतवार १६:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाल एजुकेशनल काउन्सिलिङ सर्भिसेस एसोसिएसन (NECSA) ले आयोजना गरेको पहिलो ‘कोरियन एजुकेसन फेयर’ विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा सम्पन्न उक्त शैक्षिक मेलामा करिब ५ हजार विद्यार्थीहरू सहभागी भएका थिए।

    दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा विद्यार्थीहरूले कोरियाका विभिन्न प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्दै अध्ययन कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति अवसर तथा भविष्यका रोजगारी सम्भावनाबारे विस्तृत जानकारी लिएका थिए।

    मेलामा Daewon University College, Yewon Arts University र Dong-Eui University का प्रतिनिधिहरू प्रत्यक्ष रूपमा सहभागी भएका थिए भने Namseoul University का प्रतिनिधिले अनलाइन परामर्श प्रदान गरेका थिए। साथै, नेपालका करिब ३० वटा शैक्षिक परामर्श संस्था पनि मेलामा सहभागी भएका थिए।

    विद्यार्थीहरूले मेलामा प्रत्यक्ष परामर्शसँगै शतप्रतिशतसम्म छात्रवृत्ति, ‘अन–स्पट एडमिसन’, मुभी टिकट र आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गरेका थिए। सहभागी विद्यार्थीहरूले मेला अत्यन्तै उपयोगी भएको जनाउँदै नेक्सालाई आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका छन्।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेक्सा (NECSA) का अध्यक्ष सन्तोष खनालले मेलाले दक्षिण कोरियालाई नेपाली विद्यार्थीहरूका लागि एक आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको बताए। उनका अनुसार मेलाले विद्यार्थी, अभिभावक र परामर्शदाताबीचको विश्वास, पारदर्शिता र विश्वसनीयता बढाउन पनि योगदान पुर्‍याएको छ।

    “हरेक क्षेत्रमा नकारात्मकता ल्याउन खोज्नेहरू हुन्छन्, हाम्रो क्षेत्रमा त्यो प्रवृत्ति अझै बढी देखिन्छ,” अध्यक्ष खनालले भने, “राज्यको नीति र नियमको दायराभित्र रही कोरियाका विश्वविद्यालयहरूलाई नेपाल ल्याएर गरिएको यस्तो कार्यक्रमलाई बिथोल्ने प्रयास भए पनि हामी दृढतापूर्वक अघि बढ्यौं। केही असहजता हुँदाहुँदै पनि मेला भव्य रूपमा सम्पन्न भयो। यी चुनौतीहरूले झन् ऊर्जा थपेका छन्। सबैलाई धन्यवाद दिन चाहन्छु।”

    नेक्सा (NECSA) ले यस किसिमका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले नेपाल र दक्षिण कोरियाबीचको शैक्षिक सहकार्य र विद्यार्थी अवसरहरूलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

    Post Views: 294

    प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतवार १६:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.