• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सयपत्री सामुदायिक वन समितिको आठौं वार्षिक साधारण सभा सम्पन्न

  •  संवाददाता
  • २०८२ पुष १३, आईतवार १३:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पश्चिम नवलपरासीमा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समूह को आठौं वार्षिक साधारण सभा। संस्थाका अध्यक्ष अध्यक्षता तथा डिजन वन कार्यालय नवलप्रासीका सिनियर डिभिजन वन अधिकृत राजु क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले सामुदायिक वनको एकदमै ठूलो जिम्मेवारी भनेको सार्वजनिक सम्पत्तिको संरक्षण नै भएको बताएका छन्। उनले वन, खोलानाला संरक्षण, ढुङ्गागिटी चोरी निकासी बन्द लगायतका तारबारविहीन भएका खुला सम्पत्ति जोगाउन समुदाय सबै लाग्नुपर्ने बताए । समुदायले विधि कानुन भन्दा बाहिर गएर कार्य गर्नु हुँदैन भन्ने बुझे मात्र पनि सार्वजनिक सम्पत्ति (वन) जोगिने बताए।

    त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै बर्दघाट सरावल सब डिभिजन वन कार्यालय का प्रमुख बलराम पोखरेलले चोरी निकासी रोक्ने व्यवस्थापनबाट पनि वनले आम्दानी गर्न सक्ने बताए । उनले खाली चौरमा वृक्षारोपण गरिए परियोजना मार्फत काटिएका रुखहरूको क्षतिपूर्ति हुने बताए।

    त्यस्तै कार्यक्रममा दाउनेदेवी सामुदायिक वनका अध्यक्ष बाबुराम सापकोटाले समुदायले मात्र वन रक्षा गर्न कठिन भएको हुँदा समयसमयमा डिभिजन वन कार्यालयबाट पनि बोलाएको बेलामा अनुगमनमा आइदिन आग्रह गरे । उनले बेलाबखत डिभिजन वन कार्यालयबाट गस्ती नहुँदा समुदायमा वन रक्षाका लागि कठिन परिस्थितिको सामना गर्न असहज भएको बताए।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन मानबहादुर थापाले वनबाट उत्पादित काठहरू सुलभ तरिकामा बिक्री वितरण नहुँदा घर निर्माण लगायतका कार्यमा काठको प्रयोग बढ्ने हुँदा नेपाली पैसा विभिन्न बहानामा पलायन नहुने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य लोकनाथ पाण्डेले वनजङ्गल जोगाउन सके हामीले वनबाट प्राप्त हुने वन पैदावारहरू सहज रुपमा समुदायलाई वितरण गर्न सकिने हुँदा सबैले आआफ्नो स्थानबाट वन जोगाउन लाग्नुपर्ने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जितपुर प्राथमिक विद्यालयका प्रधानाध्यापक दीर्घ घिमिरेले अहिलेको सन्दर्भमा वनलाई आधुनिक ढंगले व्यवस्थापन गर्नुपर्ने देखिएको बताए। उनले तथापि हाम्रो समुदायले अहिलेको अवस्थामा आधुनिक वन व्यवस्थापन प्रणालीलाई अपनाइ नसकेको बताए । उनले सामुदायिक वनहरूमा वन पैदावार तथा खोलानाला व्यवस्थापन राम्रोसँग नभइसकेको बताए। उनले सामुदायिक वनहरूमा रहेका लडेपडेका रुखहरू सही व्यवस्थापन हुन सके विदेशबाट आयात हुने काठको मात्रामा कमी आउने बताए ।

    कार्यक्रममा अध्यक्ष चौधरीले आफूले वर्षभरि गरेका कार्यहरू र भावी योजनाहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले गत आर्थिक वर्षमा खानेपानी बिजुलीसहित कार्यालय स्थापना गरेको आफ्नो क्षेत्राधिकारभित्र रहेको तीन बिघा क्षेत्रमा सिमसार निर्माणका लागि १० लाख विनियोजन गरेको तथा ८ लाख रुपैयाँको लागतमा वन कार्य योजना निर्माण गरेको जानकारी दिए।

    कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक अर्जुनप्रसाद शर्मा मरासिनीले लेखा सुपरिवेक्षण समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संस्थाले माजिक उत्तरदायित्वका कार्य खासै नगरेको सामुदायिक संस्थाले भविष्यका लागि रकम सञ्चित गर्नुपर्ने अवस्था नरहेको वन सम्बन्धी जनचेतनामूलक कार्यक्रम नगरिएको सम्बन्धित आर्थिक वर्षमा खर्च गरिएका त्यसै आर्थिक वर्षमा हिसाब नराखिएको असुल गर्नुपर्ने रकम समयमै असुल नगरिएको हुँदा असुल गरिनुपर्ने सुझाव दिएका थिए।

    कार्यक्रममा विभिन्न सामुदायिक वनका अध्यक्षहरू स्थानीय बुद्धिजीवी उपभोक्ताहरू को उपस्थितिमामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक अर्जुनप्रसाद शर्मा मरासिनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सल्लाहकार उत्तम ध्वज केसी ले कार्यक्रम सञ्चालन गरेका थिए।

    Post Views: 355

    प्रकाशित मिति: २०८२ पुष १३, आईतवार १३:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.