२९ अशोज २०८३, बिहिबार

ज्ञानज्योती एकेडेमी- भुमहिको २९औं वार्षिक उत्सव सम्पन्न

ज्ञानज्योती एकेडेमी मावि, भुमहिको २९औं वार्षिक उत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयका संस्थापक टंक प्रसाद न्यौपानेको अध्क्षतामा शनिवार विविध कार्यक्रमहरु गर्दै सम्पन्न वार्षिकोत्षव समारोहको प्रमुख अतिथि श्री बाबा वर्दगोरिया तुलसीराम गुरुकुलमका मुल संरक्षक तुलसीराम पाण्डे रहनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक भेषराज न्यौपानेको औपचारिक स्वागत मन्तव्य पश्चात समारोहका प्रमुख अतिथी तुलसीराम पाण्डेद्धारा विद्यालयको सरस्वती प्रतिमामा दिप प्रज्ववलन गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
समारोहमां बिद्यालयका शिक्षक बिमल चौधरीको निदेशनमां बिधार्थीहरूद्वारा मार्चपास प्रदर्शन गरीएको थियो । वार्षिक उत्सब कार्यक्रमको अवसरमा विधार्थीले गरेका सृजनशिल आविष्कार अन्तर्गत सेन्सर जड़ित एटोमैटिक डस्टबिन र रिमॉटकंट्रोल जड़ित खेलौना जीप समेत प्रदर्शनिमा राखेका थिए ।
यसै गरि डा श्याम प्रसाद न्यौपानेद्वारा बिद्यालयका १५ जना अभिभावकहरु विच सञ्चालन गरिएको हाजिरी जवाफ कार्यक्रमले समारोहमा थप रोचकता प्रदान गरेको थियो ।
कार्यक्रममा प्रतिभा प्रदर्शनी गर्दै साना र ठुला नानी बाबु हरूले सामूहिक तथा एकल नृत्य, नाटक एवं स्टेज वाक कला समेत प्रदर्शन गरेका थिए
समारोहमा बलराम चापागाईं, कल्पना अधिकारी, लेखनाथ न्यौपाने, चन्द्रकान्त भण्डारी लगायतले सुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो ।
शिक्षिकाद्धय समिक्षा पाण्डे र गंगा न्यौपानेले अतिथी पाहुनाहरुलाई व्याच र पुश्पगुच्छाद्धारा सम्मान प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको संचालन शिक्षक भोजराज पौडेलले गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार