• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

  •  संवाददाता
  • २०८३ श्रावण २७, बुधबार ०९:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/ देशमा बिध्धमान रहेका कमजोर नीतिका कारण राज्यका करोड़ौका प्रशस्त सड़क पूर्वधार आयोजनाहरू वर्षौ देखी अलपत्र अवस्थामा रहेका छन ।

    यस मध्येको एक महत्वपूर्ण सडक़ पूर्बाधार हो नवलपरासी प्रतापपुर गाँऊपालिका वडा नं.६ स्थित कठहवा–त्रिवेणी सडकनिर्माण कार्य ।
    श्री कन्टेक प्रा.लि. नक्साल, काठमाण्डौले २०८२ असोज ३० गते निर्माण सम्पन्न गर्ने गरी २७ करोड २३ लाख ५ हजार ७ सय ३३ रुपैयाँमा यो कठहवा–त्रिवेणी सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
    हाल उक्त सडक़मा व्यक्तिगत जग्गा परेको भन्दै निर्माण निर्माण कार्य अपलत्र अवस्थामा छ ।

    सड़क खण्डको १८० मिटर बाटोमा व्यक्ति संग बिवाद सृजना भएपछी सो ठाउमां काम नगरी अन्य स्थानमा निर्माण कार्य गरिएको छ ।
    २०७६ कार्तिक २९ गते ठेक्का सम्झौता भएको सडक आयोजना पटक पटक म्याद थप गर्दा पनि बाटो विवाद नमिलेपछि बाटो अलपत्र अवस्थामा परेको स्थानिय कोगुनासो छ ।
    सम्झौता अनुसार सबै निर्माण कार्य सम्पन्न भैसक्दा पनि कठवा क्षेत्रको झण्डै १८० मिटर सडक कालोपत्रे गर्न स्थानिय मिश्र परिवारले आफ्नो जग्गा दावी गरी कालोपत्रे गर्न नदिएपछि काम अलपत्र परेको छ ।
    जग्गा बिवाद बारे स्थानियहरु भन्छन, “हामी यस सडकमा हिडेरै बुढो भैयो । हामीले जानेदेखिनै बाटो यहि नाई नै हो । यो बाटो विगतमा पनि ३ पटक सम्म कालो पत्रे भै सकेको हो तर अहिले बाटो चौडा हुन लागेर थप राम्रो बन्छ भन्ने लागेको थियो तर खै कसरी अर्केको जग्गा पर्यो त?
    हामी त अन्योलमा छौ , पहिले बाबुले बाटो बनाऊने अहिले छोराहरुको पालामा बाटोमा आफ्नो खेत पर्यों भन्दै बखेड़ा खड़ा गर्ने ? भन्दै आक्रोस पोखेका छन ।
    अधिकांश स्थानिय वासी पुरानै सडक कायम हुनुपर्ने माग गर्दै पटक-पटक प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरु सहित सरोकारवाला पक्ष संग छलफमा बसे पनि अहिले सम्म कसैले निकास दिन सकेको छैन ।
    कालोपत्रे हुन बाँकी रहेको हालको सडक पश्चिम तर्फ रविन्द्र प्रसाद मिश्रको जग्गा रहेको छ भने पूर्व तर्फ दिनेश चन्द त्रिपाठि को नामको जग्गा रहेको छ ।
    निर्माण सम्पन्न भएको स्थानमा देखिएको सडक
    रविन्द्रका बुवा तिरथराज मिश्र २०१७ साल देखी २०३९ साल सम्म प्रधान पञ्चको रुपमा रहेर काम गरेका थिए । सडकको स्तर उन्नती गर्नका लागि तिरथराजलेनै पहिलोपटक ग्रावेल गरेर सडक स्तर उन्नती कार्यमा सहयोग गरेको स्थानिय स्मरण गर्छन् ।
    स्थानिय धिरज त्रिपाठीले सदियौ देखीको बाटो रोक्न नमिल्ने बताउँछन् । उनले सडकको पुर्जा कसरी निस्कियो भन्दै आश्चर्य ब्यक्त गरी छानविनका लागि माग गर्दै उनि भन्छन, २२ साल सम्म आफै प्रधान हुदाँ कुनै किचलो नभएको स्थानमा अहिले किन किचलो हुदै छ? अहिले बाटोको पुर्जा कसरी निस्कीयो छानविन हुनुपर्दछ।”

    नक्सामा सडक हालको स्थान देखी पश्चिम तर्फ देखीन्छ। नक्सा अनुसार सडकको पूर्व तर्फ मिश्र परिवारकै केही जग्गा रहेका कारण नक्सा अनुसारको सडक कायम हुनुपर्ने भन्दै कालोपत्रे गर्न रोक लगाएको देवेन्द्र मिश्रको भनाई छ ।
    उनी अदालतका कागजपत्र देखाउँदै भन्छन् “म सडक निर्माण विरोधी होईन।
    बाटो बनेपछि मलाई पनि लाभ हुने हो, तर मेरो भनाई बाटो कानून बमोजिम नक्सा अनुसार क़ायम गरिनू पर्छ भन्ने हो जून विषय अदालतबाटै फैसला समेत भैसकेको छ । ”
    अब अदालतको फ़ैसला समेत कार्यान्वयन गर्न गराउन नसकेर निर्माण कार्य अलपत्र छोडनु यो बालेन सरकारको बहादुरी त अवश्य होईन होला..! जन चाहना बमोजिम सडक़ निर्माण कार्य तुरुन्त सम्पन्न होस .।

    Post Views: 44

    प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार ०९:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    ताजा अपडेट
    • १. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • २. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • ४. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ५. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    चर्चित
    • १. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.