• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

  •  
  • २०७९ भाद्र ४, शनिबार १३:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ ।

    अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

    अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

    बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन् ।’

    अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा रहेका बेला ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो ।

    अमेरिकी अधिकारीहरूले जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहे पनि कसैलाई चोटपटक नलागेको बताएका छन् ।

    राष्ट्रपति बाइडेनले ७१ वर्षीय अलकायदा नेता विरुद्ध निर्णायक हमलालाई स्वीकृत गरेको बताए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए ।

    बिन लादेन र जवाहिरीले नै अमेरिकामा ९/११ आक्रमणको योजना बनाएका थिए । अमेरिकाले जवाहिरीलाई मोस्ट वान्टेड आतंकवादी मानेको थियो ।

    बाइडेनले अल-कायदा नेताको हत्याले सन् २००१ मा भएको ९/११ आक्रमणका पीडित परिवारलाई राहत पुग्ने बताए।

    तालिबानले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय नियम र सिद्धान्तको स्पष्ट उल्लङ्घन भनेको छ। तालिबानका प्रवक्ताले भने, ‘बितेको २० वर्षमा यस्ता कारबाहीहरू असफल अनुभवको पुनरावृत्ति हो । यो अमेरिकी हितको विरुद्धमा छ ।’

    राष्ट्रपति बाइडेनले जवाहिरीलाई एडनमा अमेरिकी युद्धपोत यूएसएस कोलमा सन् २००० मा आत्मघाती हमलाको लागि पनि दोषी देखाएका छन् । उक्त हमलामा परी १७ समुद्री सैनिक मारिएका थिए ।

    अमेरिकी राष्ट्रपतिले बाइडेनले भने, ‘कति धेरै समय लाग्यो र को कहाँ लुकेर बस्यो भन्ने कुराले केही फरक पर्दैन । हाम्रा नागरिकका लागि खतरा सावित हुने कसैलाई पनि अमेरिकाले छाड्दैन । हामी हाम्रो राष्ट्र र नागरिकको रक्षा गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।’

    BIDEN’S STATEMENT

    Post Views: 135

    प्रकाशित मिति: २०७९ भाद्र ४, शनिबार १३:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.