१ कार्तिक २०८३, शनिबार

सुनवलमा यही ०८३ मंसिर ३ गते देखि महोत्सव(मेला)आयोजना हुने!

उद्योग बाणिज्य संघ सुनवलद्वारा यही ०८३ मंसिर ३ गते देखि १५ सम्म सुनवल महोत्सव(मेला)आयोजना गर्ने उद्धघोष गरिएको छ ।

सुनवल १ सोम­नाथ खोला किनार (चौर)मा सञ्चालन हुने “छैठौ सुनवल महोत्सव-२०८३” मा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विद्यालय तथा कला केन्द्रका सांस्कृतिक कार्यक्रम, बाल उद्यान, मनोरञ्जनात्मक खेल, सेल्फी जोन तथा विभिन्न जात जातिका परम्परागत खानाका स्टलहरू महोत्सवका मुख्य आकर्षण रहने आज सचिवालयमां आयोजित पत्रकार सम्मेलनमां अध्यक्ष रमेश कर्मचार्यद्वारा जानकारी गराईएको हो ।

१३ दिन सम्म सुचारू रहने महोत्सवमा करिब २ सय स्टल मार्फ़त स्वदेशीप्राय: उत्पादनको ब्यवसाय प्रवर्धनका साथै विद्यालय स्तरीय डान्स आइडल, गायन प्रतियोगिता, विज्ञान प्रदर्शनी तथा खाना महोत्सव समेत सञ्चालन गरिने महासचिव तेजू भण्डारीले जानकारी दिनु भएको छ ।

Screenshot

मेला आयोजक संघले मुख्यत: स्थानीय उत्पादनलाई खरीद बिक्री प्राथमिकता एवं बजारीकरण गर्ने, उद्योग व्यापार बिस्तार , स्थानीय पर्यटन स्थलको प्रवर्धन स्थानीय वस्तुलाई खरिद गर्न अवसर दिने उपाध्यक्ष ईश्वरी भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ!!!

महोत्सव प्रबेशका निम्ति १००/- , विद्यार्थी व्यक्तिगतका निम्ती ७०/- र विद्यार्थी सामूहिकका लागि रू ५०/- टिकट शुल्क लाग्ने बताईएको छ।

मेलामा ६८ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश हुने आयोजकले जनाएको छ।

महोत्सवमा १ लाख दर्शकका माझ १० करोड हाराहारी बराबर व्यापारिक कारोबार हुने अपेक्षा आयोजक उद्योग वाणिज्य संघ सुनवल-नवलपरासीले गरेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार