३० भदौ २०८३, मङ्लबार

दुई ऐन र कार्यविधि पारित गर्दै सकियो पाल्हिनन्दनको बाह्रौं गाउँ सभा

रञ्जित शर्मा,नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाले चालू आव २०७९/०८० को हिउँदे अधिवेशनबाट दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ। हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता ऐन २०७९, प्राभेट फर्म दर्ता कार्यविधि २०७९ ,स्थानीय ई-रेक्सा (अटो) दर्ता कार्यविधि २०७९ तथा जोखीम नियन्त्रण तथा विपत व्यवस्थापन ऐन २०७९ पास गर्दै गाउँसभा सम्पन्न गरेको हो।

पाल्हिनन्दन गाउपालिकाले यस आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न हुन सकेका तथा बस्ती र वार्ड तहबाट परिवर्तन गर्न आएका योजना समेत परिवर्तन गरी पारित गरेको प्रमूख प्रशासकिय अधिकृत कृष्ण तिमिनिसेनाले बताए। गाउँसभाले वर्ष अधिवेशनमा पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि छोरी बीमा र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चोक चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको थियो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले प्राप्त स्रोतसाधनको व्यवस्थित परिचालन गरेर अधिकतम उपलब्धि हासिल गर्ने ,स्वरोजगारी सिर्जना गरी गरीब विपन्न परिवारको जीवनस्तर माथी उठाउने र सबै वर्ग,क्षेत्रको सन्तुलित परिमाणमुखी विकासको सिर्जना गर्दै आर्थिक विकास र स्वरोजगार:समृद्ध पाल्हीनन्दनको आधार निर्माणलाई ख्याल गरि सोही अनुसारका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।

गाउँपालिकाले सामाजिक क्षेत्रमा शिक्षक अपुग विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने, दलित तथा गरीब विधार्थीलाई सहयोग गर्ने, शिक्षा क्षेत्रमा बालिकालाई प्रोत्साहन गर्न बेटी पढाऔ बेटी बचाऔं अभियान सञ्चालन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको थियो।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँ भित्रका सीप सिक्न इच्छुक व्यक्तिहरुलाई सीप तालिम संचालन गर्ने,उद्यमशिलता र सीपमूलक तालिम , उद्यमशिलता प्रवर्द्धन तथा रोजगारी सिर्जना सम्बन्धि कार्यक्रम , पशुपालन र कृषि क्षेत्रमा स्वरोजगारी सिर्जना गर्न विशेष कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।

गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रवाह गर्ने,पाल्हीनन्दन अस्पतालको स्तर उन्नती गर्ने,परिवार नियोजनका कार्यक्रम लागु गर्ने, स्वास्थ्य सेवा लाई थप प्रभाकारी बनाउन जनशक्ति व्यबस्थापन गरिने,आँखा उपचार,जेष्ठ नागरिकलाई नसर्ने औषधी निःशुल्क वितरण गर्ने,निःशुल्क रगतको व्यवस्था गर्ने आदिका लागि आवश्यक बजेटको पहल गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

पालिकाका सबै गाउँ टोलमा फ्री वाईफाईको सुबिधा मिलाउने,भौतिक पूर्वाधारको निर्माण गरिने,वातावरण व्यस्थापन,खेलकुद मैदान व्यवस्थापन, जिम हाउस निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश अनुसार वजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन प्रत्येक कार्यालयमा सिसिटिभी जडान गर्ने,बालमैत्री घोषणाको लागि कार्यक्रम गर्ने,आपराधिक क्रियाकलाप नियन्त्रण गर्न बेलासपुर हरपुर,कुश्मा,लोहोरौली,बैरवा, विशुनपुरा, सनई लगायतका चोक चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष बैजु प्रशाद गुप्ताले बताउनु भयो ।गाँउपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारीले यस आर्थिक वर्षमा वार्ड बस्ती अनुसार आएका योजनालाई समेत समेटको बजेट प्रस्तुत भएको बताउनु भयो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार