
न्यूज फायर, सुनवल । बुधवार देखी सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल सुनवलमा सुरु भएको तेस्रो इ.सि.ए मिट को आज दोस्रो दिन नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ३ देखी ५ सम्म र कक्षा ६ देखी ९ सम्मको दुई तहको अन्तर सदनात्मक नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।


विद्यालयका प्रिन्सिपल एव. प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईको प्रमुख आतित्थ्यतामा भएको कर्यक्रम को सभापतित्व विद्यालयको अतिरिक्त व्रिmयाकलाप संयोजक माया गुरुङ्गको रहेको थियो । ५७ जना विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा शिक्षकहरु अञ्जना नाउ र राधा के.सीले निणर्ायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

कक्षा ३ देखी ५ सम्मको प्रतियोगितामा कक्षा – ५ की स्वस्तिका जि.सी प्रथम , कक्षा – ४ की प्रियंशा कण्डेल द्वितीय, कक्षा – ५ की अंकिता बि.क तृतीय र कक्षा – ३का रिजन पौडेल सान्त्वना भएका छन् ।

त्यसैगरी कक्षा ६ देखी ९ सम्मको वक्तृत्वकला प्रतियोगितामा मिसन पंगेनी र कृपा घिमिरे प्रथम, बिनिता बर्मा द्वितीय, आयुष्मा खरेल तृतीय र सफल ढकाल सान्त्वना भएका छन् ।

कार्यक्रमको संचालन विद्यार्थीहरु इन्दिरा सारु र सफल ढकालले गर्नुभएको थियो । आगामी १६ गतेसम्म प्रतियोगिता संचालन हुने छ ।




