
न्यूज फायर, सुनवल। सुनवल-परासी सडक खण्ड अन्र्तगत सुनवल ३ आसामवासी स्थित सडकमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री घाईते भएका छन् ।


परासीबाट सुनवल आउदै गरेको लु ६७ प ४२५९ नं को मोटरसाईकलले बाटो काट्ने क्रममा ठक्कर दिदा सुनवल ३ आासामवासी निवासी वर्ष ६३ का मोतिलाल वि.क घाईते भएका हुन् ।
उनको वाया आखा माथि र वाया खुट्टामा चोट वाया घाटीमा चोट लागेको र अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।




