
परासी । भन्सार छली गरेर ल्याउदै गरेको करिब १६ लाख बराबरको चिनी सहित कारोबारमा संलग्न व्यक्ति पश्चिम नवलपरासीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको धनगढीमाइ १० नगरपालिका बस्ने विरेन्द्र ठाकुर रहेका छन् ।

भारतबाट भन्सार छली ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउदै गर्दा पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट टिसियन चोकबाट चिनी र कारोबारमा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयो ।

४२० बोरा करिब २१ हजार केजी चिनी बरामद गरिएको र आवश्यक अनुसन्धानका लागि राजस्व कार्यलय बुटवल पठाइएको डिएसपी पाण्डेले बताउनुभयो ।



