• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मापदण्ड बिपरीत संचालीत परासीका दुई औषधी पसलमा शिल

  •  
  • २०८० असार २७, बुधबार १८:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    परासी । पश्चिम नवलपरासीमा मापदण्ड बिपरीत संचालीत दुई औषधी पसलमा शिल गरेको छ । संयुक्त जिल्ला बजार अनुगमन समितीले अनुगमनको क्रममा मापदण्ड बिपरीत संचालन रहेको पाईएका रामग्राम नगरपालिकाका प्रबेश उपचार केन्द्र र सन मेडिको औषधी पसल गरी दुईवटा औषधी पसललाई शिल गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोजक एव सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

    अनुगमनको क्रममा जिल्लाको रामग्राम वडा नं. १८ स्थित बन्जरियामा अबैध रुपमा संचालित प्रबेश उपचार केन्द्र कुनै पनि निकायको ईजाजतपत्र नलिई संचालन गरेको पाईएपछि उक्त औषधी पसल शिल गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधार पाण्डेयले बताउनुभयो ।


    प्रबेश उपचार केन्द्रलाई औषधी बिभाग, घरेलु तथा साना उद्योग कार्यालय र रामग्राम नगरपालिकामा दर्ता गरी मात्र संचालन गर्न तथा स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्य क्लिनिक नियमानुसार दर्ता गरी संचालन गर्न निर्देशन पनि दिईएको उद्योग अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।


    अनुगमनको क्रममा परासी बुद्धचोकमा रहेको सन मेडिको औषधी पसलले आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेपछि अनुगमन समितीले शिल गरेको हो । उक्त फामेर्सीलाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई आउन निर्देशन दिइएको र औषधी पसल संचालकले आवश्यक कागजपत्र लिई आए शिल खोलिने बताउनुभयो ।


    अनुगमनका क्रममा सफल स्वास्थ्य क्लिनीक एव सफल फार्मेसी पसलमा सम्पूणर् कागजपत्र रहेको तर स्वास्थ्य निर्देशनालयको प्रमाणपत्र नविकारण म्याद नाघेकोले तुरुन्त नविकरण गर्न र पसलबाट निस्केको फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिईएको रामग्राम नगरपालिकाकी अनुगमन संमिती संयोजक एव उपप्रमुख सम्झाना चौधरीले बताउनुभयो ।

    अनुगमन क्रममा रामग्राम वडान १८मा रहेको सुदा टे्रडर्स एण्ड सप्लायर्सबाट अबैध रुपमा ल्याईएको र बिलबिजक नरहेको २ सय ५० केजी चिनी नियन्त्रणमा लिईएको अनुगमन समितीका सदस्य एव जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयले बताउनुभयो । उक्त चिनीको बजार मूल्य २० हजार रहेको छ ।

    Post Views: 151

    प्रकाशित मिति: २०८० असार २७, बुधबार १८:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.