• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सबै काण्डको छानबिन भए औलामा गन्न सकीने नेता मात्र चोखो रहन्छन् : रास्वपा नेता लामिछाने

  •  
  • २०८० श्रावण २७, शनिबार १५:२० प्रकाशित
    • अ-
    • अ
    • अ+


    परासी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने हालसम्मका सबै काण्डको छानबिन भए औलामा गन्न सकीने नेता मात्र चोंखो रहने बताएका छन। उनले आज नवलपरासी पश्चिमको बर्दघाटमा आयोजित रास्वपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्ने क्रममा उक्त विचार व्यक्त गरेका हुन। उनले ललिता निवास,सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सुक्ष्म रुपमा छानबिन हुने हो भने औलामा गन्न सक्ने नेता मात्र बाकी रहने लामिछानेले दाबी गरेका छन । उनले मधेश प्रतिको उनको व्यवहार फरक भएको भन्ने विषयमा स्पष्ट पारदई वैैवाहिक नागरिकता बाहेक अंगीकृत नेपालीका सन्तानले सहज किसीमले नागरिकता पाउनु पर्ने विषयमा आफु पहिले देखि नै प्रष्ट भएको बताएका छन ।


    त्यस्तै उनले प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरुले नेता थन्क्याउने थलो भएको बताउदै प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको ज़िकिर गरे ।प्रदेश संरचनाबाट छिटफुट राम्रा कामहरु कहि कतै भएहोलान तर समग्रतामा प्रदेश सरकारको अर्थ र औचित्य नभएको उनले बताए । देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको नेता लामीचानेको भनाईं छ ।ललिता निवास,सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सूक्ष्म रुपमा छानबिन हुने हो भने औलामा गन्न सक्ने नेता मात्र बाकी रहने लामिछानेको दाबी छ ।

    ‘सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औलामा गन्न सक्ने नेता बाहेक सबै जेलमा हुन्छन्’, लामिछानेले बताउनु भयो ।
    रास्वपा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रदेश सरकारका विषयमा आफ्नो पार्टीको पहिले देखिनै स्पष्ट धारणा रहेको बताउनु भयो । प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरूले नेता थन्क्याउने थलो भएको बताउँदै उहाँले प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

    ‘छिटफुट कामहरू कहीँ कतै राम्रा पनि भए होलान् तर समग्रतामा प्रदेश सरकारको अर्थ छैन’, लामिछाने भन्नुभयो । लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउनु भयो । ‘केही मान्छेहरू हाम्रा विरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नु पर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभरि नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।


    देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको उहाँले बताउनु भयो । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउनुभयो । रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने लामिछाने बताउनु भयो ।
    आफूहरूलाई नागरिकताका सवालमा मधेस विरोधी आरोप को खण्डन गर्दै सभापति लामिछानेले बिगत देखिनै मधेसका हरेक मुद्दामा आफू लडेको र मधेसको पक्षमा उभिएको इतिहास साक्षी रहेको दाबी गर्नु भयो । कार्यक्रममा रास्वपाका उपसभापति डिपि अर्यालको समेत उपस्थिति रहेको थियो ।

    Post Views: 285

    प्रकाशित मिति: २०८० श्रावण २७, शनिबार १५:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    • २. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ४. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ५. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.