
सुनवल । रमवापुर माध्यमिक विद्यालय सुनवलमा विद्यालयको सुधार योजना निर्माण सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरुसँग छलफल तथा अन्तरकृया गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका कार्यावहाक अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अर्यालले रमवापुर विद्यालयले गरेका कार्यहरु राम्रो भएको र नविनतम कार्य सुरु गरेको बताउनुभयो । साथै सुनवलका सवै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा नगरपालिका लागी परेको समेत नगरप्रमुख अर्यालले बताउनुभयो ।
त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागी वडा कार्यालय प्रतिवद्ध रहेको र सो अनुसार लागेको सुनवल वडा नम्वर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीले बताउनुभयो । विद्यालयका प्रध्यानाध्यापक फानप्रसाद श्रेष्ठले विद्यालयको कार्यप्रगति पेश गर्नुभयो ।
सो अवसरमा विद्यालयसँग सम्वन्धित रहेर महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्मा, मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डे, महाकवि देवकोटा क्याम्पसका पुर्व क्याम्पस प्रमुख अनिल वस्नेत, समाजसेवि सञ्जय श्रेष्ठ, प्रेम रिमाल, विद्यालय व्यवस्थापन समिति सदस्य तारा वराल लगाएतले विद्यालय सुधारको लागी सुझाव राख्नुभएको थियो ।
सो अवसरमा उठेका प्रश्न र समग्र सुनवलको शैक्षिक अवस्थाका वारेमा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामेले प्रष्ट पार्नुभएको थियो । शिक्षक शंकरमणी पाण्डको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहायक प्रध्यानाध्यापक रेमबहादुर खत्रीले गर्नुभएको थियो ।



