• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रदेशस्तरमा अग्रता लिदै सयपत्री साकोस सुनवल…वार्षिक साधारणसभा सम्पन्न

  •  
  • २०७९ आश्विन ११, मंगलवार ०१:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रदेशस्तरमा अग्रता लिदै सयपत्री साकोस सुनवल…वार्षिक साधारणसभा सम्पन्न

    सयपत्री बचत तथा ऋण सहकारी संस्था सुनवलको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    ३५०० जना शेयर सदस्य रहेको सयपत्री साकोसको सभामा संस्थाको शेयर पुँजी ४ करोड ५०लाख, बचत संकलन ३२करोड, ऋण प्रवाह ३४करोड र संस्थाको जगेडा कोष २ करोड ७ लाख तथा संस्थाको वासलात ४१करोड रहेको प्रतीबेदन प्रस्तुत गरीएको छ ।

    २०५७ भाद्र ३१ गते बिधिवत दर्ता भएको सयपत्री साकोसले ४१ जना सेयर सदस्यहरुबाट ४ हजार १ सय रुपैंया पुँजी संकलन गरी वित्तीय सेवाको सुरुवात गरेको थियो ।

    लगातार ३ पटक नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर चिन्ह प्रोबेसन ब्राण्ड प्राप्त संस्था हाल एसियास्तरको एक्सेस कार्यक्रममा सहभागि रहेको छ ।

    गत आर्थिक वर्ष ०७८।०७९ को मुनाफाबाट करिब ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ भने संरक्षित पुँजी फिर्ताबाट कारोबारको आधारमा ऋणमा तिरेको ब्याजको आधारमा करिब ४ प्रतिशत र बचतमा प्राप्त गरेको ब्याजको आधारमा ३ प्रतिशतको दरले सदस्यलाई लाभांश समेत पारित गरेको छ ।

    सभाका प्रमुख अतिथि नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रामिण स्तरमा रहेर संस्थाले अन्य बैंक तथा वित्तिय संस्थाको पहुँचबाट टाढा रहेका ब्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरेको र सुरक्षित तवरबाट सञ्चालन भएको विचार राख्नुभएको थियो। संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाको सञ्चालन सचिव रमेश कर्माचार्यले गरेका थिए ।

    सभामा जेष्ठ सदस्य, पूर्व अध्यक्ष, ७० बर्ष उमेर पुरा भएका, एसईई, १२ कक्षा लगायत उच्चशिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका संतती, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचत कर्ता, सर्बोत्कृष्ट सदस्य र उत्कृष्ट शेयर खरिदकर्तालाई सम्मान गरिएको थियो । त्यसै गरि हालै सम्पन्न स्थानीय निर्वाचनमा विभिन्न पदमा पदहरुमा निर्वाचित संस्थाका १० जना सदस्यहरूलाई समेत सम्मानित गरिएको थियो। उपाध्यक्ष नारायण पौडलको स्वागत मन्तब्यबाट प्रारम्भ भयको सभामा कोषाध्यक्ष कमला थापाले करिब ५६ करोडको वासलात पुर्याउने लक्ष्य सहितको चालू आ.व.को बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद शर्माले लेखासमितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल, नवलपरासी बचत संघका अध्यक्ष राजनकुमार आचार्य , पुर्व अध्यक्ष एवम् जिल्ला सहकारी संघका सञ्चालक नारायण बहादुर थापा, सुनवल नगरपालिका सहकारी विभाग प्रमुख खेमराज ढकाल , सस्थाका सल्लाहकार कृष्णबन्धु अर्यालले धारणा राख्नुभएको थियो । साथै साधारणसभाले रिक्त रहेको १ जना महिला संचालकमा लक्ष्मी तिवारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

    Post Views: 121

    प्रकाशित मिति: २०७९ आश्विन ११, मंगलवार ०१:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रथम बर्दघाट एक्सपोमा १०८ स्टल: स्थानिय व्यवसायीको उल्लेख्य सहभागिता
    रामग्राम जेसीजमा पदहस्तान्तरण : बर्ष २०२६ : मुकेशलाई बिष्णुले गरे ज़िम्मेवारी हस्तांतरण
    प्रथम बर्दघाट एक्सपोःसंस्कृतिसगै आर्थिकोपाजर्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.