
परासी, असोज ११

बैकिङ सेवाको क्षेत्रमा सरल सेवाप्रभाव गर्दै आएको महालक्ष्मी विकास बैक लि परासी शाखाले जनबिश्वासलाई बढ़ावा दिर्दै आज देखी एटीएम सेवा सुरु गरेकोछ । ATM मेसिनको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रमुख एबम प्रहरी उपरीक्षक ऋषिराम कँडेलले आज रिबन खोली उदघाटन गर्नु भएको हो । सम्पन्न कार्यक्रममा बैकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ता लगायत धकधई, बेथरी,ठुटिपिपल शाखाका प्रबन्धक एव विभिन्न बैँक तथा स्थानीय उधोग व्यवसायीहरूको समेत उपस्थित रहेको थियो । आधुनीक समाजमा हरेक ग्रहाकले सुरक्षित बित्तिय सेवाको चाहना गर्ने जसको सहज बिकल्प ATM मेसीन रहेको परासी शाखाका मेनेजर कृष्ण बहादुर गुरुङले बताउनु भयो । स्थानीय सेवाग्राहीहरूलाई सहज र सुरक्षित सेवा प्रदान गर्ने उदेश्यले एटिएम सेवा सञ्चालन ग़रिएको प्रबन्धक गुरुङ को भनाई छ । बिस्तारीत एटीएम सेवाबाट महालक्ष्मी विकास बैक लि का साथै अन्यबैकका ग्राहकहरू समेत लाभान्वित हुने बैकले अपेक्ष्या लिएको बताइएको छ । उद्घाटनकाक्रममा प्रमुख अतिथि कंडेलले बैँकको सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो।




