
नवलपरासी,पश्चिम
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्री देवन्द्रराज कण्डेलको क्षेत्र हो। े नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ । तर क्षेत्र नम्बर २मा उनी कण्डेलनै अहिलेको निर्वाचनमा पनि बलियो देखिएका छन् । २०७४को निर्वाचनमा एमाले माओवादी सहितको बाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित गरेका कण्डेललाई मंसिर ४को निर्वाचन भने निकै सहज हुने मानिएको छ ।


यस क्षेत्रमा आगामी निर्वाचनका लागि कांग्रेस–माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा प्रतिनिधी सभामा कांग्रेसकै नेता कण्डेलको उम्मेदवारी छ भने प्रदेश(क)मा माओवदीका उम्मेदवार चिनक कुर्मी र प्रदेश(ख)मा बैजनाथ कलवारको उम्मेदवारी रहेको छ । यता कांग्रेका माओवादीको प्रतिस्प्रर्धीको रुपमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा ) र लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्प्रर्धा गर्दै छन् ।
एमाले र जसपा गठबन्धनबाट प्रतिनिधी सभामा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् भने प्रदेश २(क)मा एमालेकै थान प्रसाद गैरे र २(ख)मा जसपामा जिल्ला अध्यक्ष धरेन्द्र यादवले उम्मेदवारी दिएका हुन् । यस्तै , राप्रपा– लोसपा गठबन्धनबाट राप्रपाका नेता धुव्र बहादुर प्रधानले प्रतिस्प्रर्धा गरेका छन् भने प्रदेश २(क)मा लोसपाका पञ्चराम चौधरी र २(ख)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्प्रर्धां गर्दै छन् ।



