५ अशोज २०८३, सोमवार

सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक

काठमाँडौ , ६ पुस
सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने मूल नाराका साथ स्थापना गरिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । उनले औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आए पनि अनौपचारिक र वैदेशिक रोजगारी क्षेत्रमा यो अहिले मात्र कार्यन्वयन भएको बताए। श्रमिक र स्वरोजगार व्यक्तिका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ र वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ हालै स्वीकृत भएको छ। स्वीकृत कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकले नेपाल सरकारले तोकेको न्युनतम आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम अर्थात् मासिक रूपमा न्यूनतम १ हजार ९ सय १२ उक्त कोषमा योगदान गरी यस योजनामा सहभागी हुन सक्नेछन्।
त्यस्तै वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार नागरिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम (अर्थात् मासिक न्युनतम दुई हजार नौ सय पैंतीस रूपैयाँ) कोषमा योगदान गरी यो सुविधा लिन सक्ने निर्देशक ज्ञवालीले जानकारी गराए। अधिकतम ३ गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिम सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको उनले बताए। कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्तालाई औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजनालगायतका कार्यक्रम सञ्चालनमा ल्याइएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
सामाजिक सुरक्षा कोषमा आश्रित परिवार सुरक्षा योजनामा काजकिरिया खर्च २५ हजार, आश्रित श्रीमान/श्रीमती आजीवन पेन्सन ४० प्रतिशत र मासिक स्वरोजगारको हकमा औषत तलवको ४० प्रतिशत सुविधाहरू रहेको कोषका निर्देशक ज्ञवालीले बताए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार