५ अशोज २०८३, सोमवार

चिसापानी अस्पतालको विकास बारे सांसद चौधरी र जनप्रतिनिधी विच छलफल

नवलपरासी,६ पुस ।


पश्चिम नवलपरासीको चिसापानी स्थित सरकारी स्वामीत्वमा रहेको चिसापानी अस्पतालको चौतर्फी विकास बारे संघीय सांसद विनोद चौधरी र बर्दघाट नगरपालिकाका जनप्रतिनिधी टोली बिच छलफल भएको छ । काठमाण्डौ स्थित सांसद चौधरीको राजनितिक जनसम्पर्क कार्यालयमा भएको छलफलमा चिसापानी अस्पतालको भौतिक पुर्वाधार सहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तरउन्नतीका लागी छलफल केन्द्रित रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाले जिल्लाको क्षेत्र नं. १बाट निर्वाचित संघीय सांसद चौधरीलाई यस अगाबै पत्र मार्फत सो अस्पतालको स्तर उन्नतीका लागि पहल गर्न पत्रचार मार्फत आग्रह गरिसकेको थियो ।
सांसद चौधरीले यस वारे यस क्षेत्रको पहिलो उपचार थलो रुपमा चिसापानी अस्पतालको सम्बृद्धि र विकासका लागि आगामी दिनमा प्रदेश सरकार तथा संघीय सरकार, अन्य दातृ निकायसंग अस्पतालको चौतर्फी विकास पहल गर्ने प्रतिक्रिया दिनुभयो । उक्त छलफलमा अस्पतालको दिर्घकालीन व्यवस्थापनका लागी विभिन्न योजनाबाट छलफल गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ ।
चिसापानी अस्पतालको भौतिक पुर्वाधार सहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तर उन्नतीका लागी संघीय सांसद चौधरीले आफु आबद्ध रहेको चौधरी फाउण्डेसन लगायतका अन्य सहयोगी निकायबाट अस्पतालको चौतर्फी दिर्घकालीन विकासका लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार