४ अशोज २०८३, आइतवार

कपिलवस्तुमा गैरपत्रकारलाई महसंघबाट हटाउन आग्रह


काठमाडौ, पुस ६ ।


नेपाल पत्रकार महासंघको सदस्यता लिएका कपिलवस्तुका गैरपत्रकारलाई हटाउन विभिन्न पत्रकार सम्बद्ध संस्थाहरूले माग गरेका छन् । कपिलवस्तु शाखामा रहेका गैरपत्रकारलाई महासंघबाट हटाउन संगठनहरुले माग गरेका हुन् ।प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष मोहन बेल्बासे र समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य दीपक अनुरागीले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको छ । जिल्लामा अधिकांश गैरपत्रकारलाई केन्द्रका मिडियाबाट सदस्यता वितरण गर्नु र ती गैरपत्रकार जिल्ला शाखामा स्थानान्तरण गराइनु अत्यन्तै खेदजनक र निन्दनीय कार्य भएको भन्दै उनीहरूले विज्ञप्ति निकालेका छन् ।
‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको २०७८ भाद्र २६ गते र २०७९ मंसिर २३ गतेको पत्र अनुसार जनसञ्चार प्रतिष्ठान, माउण्टेन टिभी प्रतिष्ठान र स्वतन्त्र समाचार सेवाबाट स्थानान्तरण गरिएका ती सदस्यहरू कुन मापदण्डको आधारमा समावेश गरि शाखामा अभिलेख राख्न पठाइएको हो, यसको जवाफ केन्द्रीय समिति, प्रदेश समितिले तत्काल कपिलवस्तु शाखामा आधिकारिक जानकारी गराउन माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ । पत्रकार महासंघमै रहेका व्यक्तिले आफन्त तथा नालनाता पर्ने गैरपत्रकारलाई सदस्यता दिलाइएको भन्दै ती संगठनले विरोध जनाएका हुन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार