३० अशोज २०८३, शुक्रबार

सरावलमा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सरावल गाउँपालिका वडा नम्बर -५ धनगढवामा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष लक्षुमण प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बसन्ते मकै खेति अभियान तर्फ सबै लाग्नुपर्ने आवश्यक रहेको बताउनु भएको औल्याउनु भएको छ। मकै खेति विस्तार गरि आयआर्जन गर्ने समेत बताउनु भयो । साथै उहाँले मकै खेतिलाई सिचाँइ गर्नका लागि विधुत जडान गर्न गाउँपालिकाले पहल गर्ने समेत बताउनुभएको थियो

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्तोष चौधरीले कृषि ज्ञान केन्द्रले मकै खेति विस्तारका लागि निशुल्क विउविजन वितरण गर्ने बताउनुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार