३० अशोज २०८३, शुक्रबार

चिसो ह्वात्तै बढेपछि पश्चिम नवलपरासीको जनजीवन कष्टकर

नवलपरासी। तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि पश्चिम नवलपरासी लगायत तराईको जनजीवन कष्टकर बनेको छ । जिल्लाको सुनवल,भुमही,परासी,बर्दघाट लगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार