• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बागलुङमा थपिए १० झोलुङ्गे पुल

  •  
  • २०७९ पुष १७, आईतवार १५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बागलुङ । बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८-७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण भएका हुन् । गत वर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुङ्गे पुलको सर्वे भएको थियो । सर्वे भएकामध्ये १० झोलुङ्गे पुलको मात्रै निर्माण सम्पन्न भएको विवाइसीका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए ।

    ढोरपाटन-२ सिमलचौर, ढोरपाटन-७ का पँधेरी र ढोरपाटन-९ को रासीबाङ्ग, बरेङ-२ को काउला, बरेङ-१ को दोभानखोला, ताराखोला-२ को दोभान, ताराखोला-३ को निस्दीखोला, ताराखोला-३ को सादी, ताराखोला-४ को दोगाडी र ताराखोला-५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्ने गरेका छन् । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौताअनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाइ (टिविएसयु) र पिटिएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको केसीले जानकारी दिए ।
    टिविएसयुले पुलको लठ्ठा, फलामे सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने गरेको छ । कार्यक्रम संयोजक केसीका अनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसासायीमार्फत बनाउने गरिएको छ । झोलुङ्गे पुलको परिचय बनाएको बागलुङमा थप पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।
    सङ्घीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । कूल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेको केसीले जानकारी दिए । जिल्लामा पुल रणनीति २०६२ अनुसार निर्माणको काम भइरहेको छ । २०७६ साल भदौसम्म जिल्लाभर चार सय ५३ पुल बनिसकेको तथ्याङ्क छ भने बितेको दुई वर्षमा ३३ पुल निर्माणाधीनमध्ये १० निर्माण सम्पन्न भइसकेका छन्। चालु आर्थिक वर्षमा २५ पुल निर्माण गरिने कार्यक्रम संयोजक केसीको भनाइ छ । सबै पुलको गत वर्ष सर्वे गरिएको थियो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई, काठेखोलामा तीन, ताराखोलामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच पुल निर्माण हुनेछन् ।

    Post Views: 189

    प्रकाशित मिति: २०७९ पुष १७, आईतवार १५:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    ताजा अपडेट
    • १. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    • २. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • ३. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ४. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ५. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    चर्चित
    • १. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    • २. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.