३१ भदौ २०८३, बुधबार

नेप्सेमा झिनो अङ्कको सुधार, ५ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । आज बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो ।

आज कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।

आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ वटाको घटेको छ। यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार