• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को छैटौं वार्षिक साधारण सभा सम्पन्न

  •  संवाददाता
  • २०८१ फाल्गुन २५, आईतवार ११:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, नेपालभरका शैक्षिक परामर्शदाताहरूको साझा मञ्चका रूपमा रहेको राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को छैटौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।

    संघका अध्यक्ष सन्तोष प्याकुरेलको अध्यक्षता तथा प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका हालका परिवर्तन, विश्वव्यापी आर्थिक अवस्था, तथा अन्तर्राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यमा परामर्श व्यवसायका चुनौती र भविष्यका रणनीतिबारे समीक्षा गरेको छ।

    शिक्षा विधेयकमा परामर्शदाताको भावना समेटिने प्रतिबद्धता

    साधारण सभाको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि अमर बहादुर थापाले NECA ले नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा गुणस्तरीय शिक्षा हासिल गर्न सघाएकोमा धन्यवाद व्यक्त गरे। साथै, उनले शिक्षा विधेयकमा परामर्शदाताहरूको भावना समेटिने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयहरूको सुधारका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। उनले सार्वजनिक पदमा रहने व्यक्तिहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

    शिक्षा परामर्शको भूमिकामाथि विशेष छलफल

    विशेष अतिथि प्रतिनिधि सभा सांसद मनिष झाले उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति विश्वव्यापी भएको उल्लेख गर्दै यसलाई सहज रूपमा लिनुपर्ने धारणा राखे। साथै, विद्यार्थीहरूलाई उद्यमशीलता र राष्ट्रिय पूँजीका रूपमा हेरेर परामर्श दिनुपर्ने सुझाव दिए।

    सांसद झाले नेपालका सामुदायिक विद्यालयहरूमा राजनीतिक नियुक्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शिक्षकहरू दलगत बन्ने प्रवृत्तिले शिक्षाको गुणस्तर खस्कँदै गएको बताए।

    शैक्षिक परामर्श व्यवसायमा नीतिगत चुनौती र प्रविधिको प्रभाव

    साधारण सभामा NECA अध्यक्ष सन्तोष प्याकुरेलले नीतिगत तथा नियामकीय चुनौतीहरू बढ्दै गएको औंल्याउँदै सरकार शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्न नयाँ नीति ल्याउने प्रयासमा रहेको भए पनि हालको निर्देशिका पुरानो भएकाले सबै व्यवसायीहरूलाई समेट्न नसकेको बताए।

    उनले प्रविधिको विकाससँगै एडटेक कम्पनीहरूले नेपालमा आफ्नो उपस्थिति जनाइरहेको सन्दर्भमा, शिक्षा मन्त्रालयले अनुपालन (compliance) को दायरा बढाउनुका साथै व्यवसाय सञ्चालनका कानुनी जटिलता समाधान गर्न आवश्यक रहेको उल्लेख गरे। NECA ले यस विषयमा सरकारसँग निरन्तर छलफल गरिरहेको जानकारी उनले गराए।

    साथै, उनले NECA का सदस्य संस्थाहरूलाई विद्यार्थीहरूलाई गुणस्तरीय, पारदर्शी, र उत्तरदायी सेवा प्रदान गर्न आग्रह गरे।

    वार्षिक प्रतिवेदनहरू प्रस्तुत

    साधारण सभाको बन्द सत्रमा संघका अध्यक्ष सन्तोष प्याकुरेलले वार्षिक प्रतिवेदन, महासचिव कृष्णप्रसाद कोइरालाले सांगठनिक प्रतिवेदन, र कोषाध्यक्ष सूर्य पोखरेलले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए।

    कार्यक्रममा NECA कोशी प्रदेश अध्यक्ष सन्तोष लिम्बु, लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष सुशील पाण्डे, विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    Post Views: 529

    • Adventus.io
    • AISA
    • Alfa Care
    • ApplyBoard
    • Australian City International College
    • CityPay
    • Edvoy
    • GEDU
    • IDP
    • IELTS
    • JLCT
    • MASH
    • Monaro
    • MVN International
    • Roaming Nepal
    • Route 21
    • Southern Cross University
    • Sydney City College of Management
    • Victorian Institute of Technology
    • Webster University
    • Your OSHC
    प्रकाशित मिति: २०८१ फाल्गुन २५, आईतवार ११:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    अन्तर्राष्ट्रिय शैक्षिक उत्कृष्टता प्रदर्शनी सम्पन्न, प्रथम पुरस्कार कौटिल्य ग्लोबल स्कुललाई
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.