८ अशोज २०८३, बिहिबार

आन्दोलित शिक्षकसँगका सहमति कार्यान्वयन गर्न सांसद केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभयो ।

सरकारले पटक पटक गरेका सहमतिको पालना गर्दै तत्काल शिक्षकहरूसँग वार्ता र सम्वाद गर्न उहाले माग गर्नुभयो । केसीले विद्यालय लय ऐन जारी गर्ने लगायत मागहरू समाधान गर्नसमेत आग्रह गर्नुभयो । आफूहरूसँग सरकारले गरेको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै देशभरका शिक्षकहरू अहिले आन्दोलित भएका छन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार