• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल प्रहरीसँग शैक्षिक परामर्श महासंघः विकृति जन्माउने शैक्षिक परामर्श संस्थाविरुद्ध खरोरुपमा उत्रने चेतावनी

  •  संवाददाता
  • २०८१ चैत्र १, शुक्रबार १०:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल शैक्षिक परामर्श महासंघ (एफईसिई नेपाल) र यसै महासंघका धटक शैक्षिक परामर्श व्यवसायी संघहरू द्वारा प्रहरी वरिष्ठ उपरिक्षक तथा जिल्ला प्रहरी परिसर ,काठमाडौंका प्रमुख विश्व अधिकारीको उपस्थितिमा ‘नेपाल प्रहरीसँग शैक्षिक परामर्श व्यवसाय’ विषयमा गहन छलफल गरेको छ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ आवद्ध ७ संघहरुको उपस्थितिमा महासंघले छलफल गरेको हो ।

    छलफलको सुरुआतमा IERIN का अध्यक्ष हेमन्त भट्टराईले स्वागत मन्तव्य दिएका थिए। उनले नेपालको शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी, व्यवस्थित र नैतिक बनाउन नीतिगत व्यवस्थाको आवश्यकतामा जोड दिएका थिए। साथै, सरकार, नेपाल प्रहरी र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै, विद्यार्थीहरूको सुरक्षाका लागि नीतिगत कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

    उक्त छलफलमा FECE, नेपालसँगै ECAN, IERIN, NAAER, JALSAN, KECAN, EPCAN, र NEBA जस्ता प्रमुख शैक्षिक परामर्श संघसंस्थाहरूको सहकार्य रहेको थियो। यी सबै संस्थाहरूले नीतिगत कार्यान्वयन, लगानी सुरक्षाको प्रत्याभूति, र अवैध परामर्श संस्थाहरूको नियन्त्रणमा ध्यान केन्द्रित गरेका थिए।

    उक्त छलफलमा फेडेरेसन अफ एजुकेशनल कन्सल्टेन्सी इन्टरप्रेन्योर्स नेपाल (FECE, Nepal)का केन्द्रीय समिति सदस्य प्रकाश पाण्डेले नेपालमा शैक्षिक परामर्श सेवाको वर्तमान अवस्थाबारे आफ्नो प्रस्तुति दिएका छन्।

    ECAN अध्यक्ष शेषराज भट्टराईको संयोजनमा आयोजित प्यानेल छलफलमा SSP विश्व अधिकारी र FECE, नेपाल अध्यक्ष राजेन्द्र बराल प्यानलिस्टको रूपमा सहभागी भएका थिए। छलफलमा नेपालको संविधानको धारा ३१ र धारा १६ (घ) अनुसार, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त नगरी शैक्षिक परामर्श सेवा सञ्चालन गर्न नपाइने प्रावधानबारे चर्चा गरिएको थियो।

    FECE, नेपालका अध्यक्ष राजेन्द्र बरालले अवैध परामर्श संस्थाहरू र विदेशी कम्पनीहरूको अनधिकृत प्रवेशप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनले विद्यार्थीहरू ठगिन नपरोस् भन्ने उद्देश्यले कडा नीति कार्यान्वयन आवश्यक रहेको बताएका थिए।

    त्यसक्रममा, SSP विश्व अधिकारीले नेपाल प्रहरीले आवश्यक निर्देशन पाएपछि अवैध संस्थाहरूविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले भने+:

    “कानुनी दायराभित्र काम गर्ने व्यवसायीहरूलाई डराउनुपर्ने कुनै अवस्था छैन। तर, अवैध रूपमा सञ्चालित संस्थाहरू र विद्यार्थीहरूलाई ठग्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको सामना गर्नुपर्छ।”

    कार्यक्रमको समाप्तिमा NAAER का अध्यक्ष डा. उद्धव बहादुर खड्काले धन्यवाद ज्ञापन गरेका थिए। उनले शैक्षिक परामर्श व्यवसायलाई नैतिक, पारदर्शी र कानुनी रूपले सही ढंगबाट अगाडि बढाउन FECE, नेपाल तथा संलग्न संघसंस्थाहरू प्रतिबद्ध रहेको पुनः पुष्टि गरेका थिए।

    यस छलफलले नेपालको शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी, मर्यादित र कानुनी रूपमा सुशासनयुक्त बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको थियो, जसले विद्यार्थीहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको थियो।

     

    Post Views: 321

    प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार १०:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.