७ अशोज २०८३, बुधबार

वडाका महिलाहरुलाई सचेत तथा जागरुक बनाउन सरावल ७ मा महिला शसक्तिकरण कार्यक्रम

नवलपरासी। महिलाहरुलाई सचेत तथा जागरुक बनाउन पश्चिम नवलपरासीको सरावलमा महिला शसक्तिकरण कार्यक्रम सञ्चालन गरिएको छ । सरावल गाउँपालिका ७ नंं वडा कार्यालयको आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस परासीको आयोजनामा महिलाहरुलाई शसक्तिकरण सम्बन्धी जनचेतनामुलक तालिम सञ्चालन गरिएको थियो । पुष १६ गतेदेखी २० गते सम्म सञ्चालित तालिमको बुधवार संस्थाका प्रतिनिधि आरिफ खानको अध्यक्षता तथा सरावल गाउँपालिका वडा ७ का वडा अध्यक्ष ह्यात खान धुनियाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सरावल गाउँपालिका ७ नंं वडा कार्यालयले आफनो वडाक्षेत्र भित्रका महिलाहरुलाई शसक्तिकरण र सचेत तथा जागरुक बनाउन उक्त तालिमको कार्यक्रम तय गरेको वडा अध्यक्ष धुनियाले बताउनुभयो । यस तालिमबाट महिलाहरु थप शसक्त हुने र उनीहरुको जिवन परिवर्तनमा यस तालिमले निकै भुमिका खेल्ने उहाको भनाई थियो ।
तालिममा गाउँपालिकाको योजना शाखा प्रमुख ईश्वरी प्रसाद खनाल, गाउँपालिका लेखापाल नरेश कोहार, वडा सदस्य बन्धन सहानी,कौशिल्या हरिजन,मोहरी देवी हरिजन, संस्थाका प्रतिनिधि एबिसि नेपाल सरावल गाउँपालिका संयोजक एवं प्रशिक्षक साईदा निशा पठान, आयोजक संस्थाका प्रबन्धक हुसैन अंसारीले लगायतले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार