३० भदौ २०८३, मङ्लबार

भूमि समस्या समाधान अयोग पश्चिम नवलपरासीद्वारा प्रतापपुरमा रेखाँकन सुरु

परासी चैत्र ७
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भुमीहिन , दलित भुमीहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासहरुका लागी जग्गा उपलब्ध गराउन जग्गा रेखांकन कार्य सुरु गरेको छ ।


भूमि समस्या समाधान अयोग पश्चिम नवलपरासीले जिल्लाको ग्रामीण क्षेत्र अन्तर्गत प्रतापपुर गाउँपालिकामा भुमीहिनबाट जग्गा नाप जांच तथा रेखांकनको काम शुरु गरेको हो ।
जग्गा नापजाँच कार्यको थालनी औपचारिक कार्यक्रमकामा बोल्दै आयोगका जिल्ला संयोजक लाल बहादुर गुरुङले पारदर्शी रुपमा आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आयोगले सेवाग्राहीलाई विश्वासमा लिएर आयोगले काम अघि बढाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा आयोगका सदस्य एवम् सचिव नापी कार्यालय परासीका कार्यालय प्रमुख कैशास नाथ पाण्डेले पर्याप्त स्रोत साधनको अभावमा भुमी आयोगको काम द्रुत गतिमा सम्पादन गर्न समस्या रहदै आएको बताउनुभयो ।

पुस्तै देखी काचों जमीनमा जीवन यापन गरी आएका प्रतापपुर बासी पुर्जा पाउने आशामां उमंगित भएका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार