• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात

  •  संवाददाता
  • २०८१ चैत्र ८, शनिबार ०६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । यहाँ उत्पादित गाजर र चुकन्दर विदेश निर्यात हुन सुरु भएको छ । जिल्ला प्राङ्गारिक सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर यही चैत ४ गतेदेखि विदेश निर्यात गर्न थालिएको हो । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर जर्मन निर्यात गर्न थालिएको सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “अहिलेसम्म ८४ टन चुकन्दार विदेश निर्यातका लागि पठाइसकेका छौँ । अझै ४२ टन बाँकी छ ।” सङ्घमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु गरिएको उहाँले बताउनुभयो ।

    तीन वर्षदेखि यहाँ उत्पादित प्राङ्गारिक गाजर र चुकन्दर विदेश पठाइँदै आइएको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुका वर्ष मेरो उत्पादन मात्रै पठाएको थिएँ । अहिले साथीहरूको उत्पादन पनि विदेश निर्यात हुन थालेको छ ।” सुरुआतमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    गाजर एक सय ५० टन विदेश निर्यात गरिनेछ । उहाँका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ । जर्मनबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो ।यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ ।

    जर्मन जाने गाजर प्रतिकिलो रु २० र चुकन्दर रु ५० मा पठाउने गरिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिनुभयो । सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात सुरु भएको बताउँदै उहाँले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दरबाहेक गहुँ, मुसुरो, जौँ घाँस, आलु र विभिन्न तरकारीका लगाइँदै आइएको छ ।” यहाँ उत्पादित कृषिउपज विदेशसँगै स्वदेशका चितवन, पोखरा, काठमाडौँलगायत जिल्लामा बिक्री हुँदै आएको न्यौपानेले बताउनुभयो ।रासस

    Post Views: 163

    प्रकाशित मिति: २०८१ चैत्र ८, शनिबार ०६:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट
    भैरहवामा गोलि चल्यो एकजना घाईते
    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. कारागारबाट निस्किएका कैदीबन्दीहरुमध्ये अझै २०४ जना सम्पर्कविहिन

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.