काठमाडौं, नेपाल – बर्मिङ्घम सिटी युनिभर्सिटी (BCU) की कन्ट्री म्यानेजर मिस श्रिष्टि बिर्लाको नेतृत्वमा ‘एजेन्ट मिट एन्ड ग्रीट’ कार्यक्रम होटल अराना बुटिक, नागपोखरीमा सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रमले शैक्षिक परामर्शदाताहरूलाई एकै ठाउँमा ल्याएर विश्वविद्यालय र तिनीहरूको प्रतिनिधिहरूबीच सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो। यस अवसरमा, सहभागीहरूले अन्तर्राष्ट्रिय शिक्षा तथा नेपाली विद्यार्थीहरूका लागि अवसरबारे छलफल गर्दै आपसी सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
रुट २ युनिकी बिजनेस डेभलपमेन्ट म्यानेजर (BDM) प्रियंका खनालले कार्यक्रममा सहभागी भएका सबै परामर्शदाताहरूलाई धन्यवाद दिँदै मिस श्रिष्टि बिर्लालाई विशेष आभार व्यक्त गरिन्।


