३० अशोज २०८३, शुक्रबार

हतियार सफा गर्ने क्रममा गोली लागेर सैनिक जवानको मृत्यु

चितवन । चितवनमा हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास छन्। उनी चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोस्टमा कार्यरत थिए।

ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको चितवन प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । गस्ती गरेर फर्कने क्रममा हतियार सफा गर्दा दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका थिए ।

खनालका अनुसार हतियार सफा गर्ने क्रममा पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार