८ कार्तिक २०८३, शनिबार

माछापुच्छ्रे स्कुलमा काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा व्यावसायिक विकास सत्र सम्पन्न

माछापुच्छ्रे स्कुलमा काठमाण्डौ विश्वविद्यालय (KU), शिक्षा संकायको सहकार्यमा एक महत्वपूर्ण व्यावसायिक विकास सत्र सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सत्रले शिक्षकहरूको सीप अभिवृद्धि र शैक्षिक अनुभव आदानप्रदानको सार्थक अवसर प्रदान गर्‍यो।

स्कुलका प्रधानाध्यापक होम आचार्यज्यूले काठमाण्डौ विश्वविद्यालयको टोलीलाई हार्दिक स्वागत गर्दै यस्ता सहकार्यहरूले शिक्षण सिकाइको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

सत्रमा प्रा. डा. हेमराज काफ्ले, डा. श्रीकृष्ण वाग्ले र प्रा. डा. सिद्धार्थ ढुंगानाजस्ता शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रह्यो। उहाँहरूको गहन प्रस्तुति र छलफलले सहभागी शिक्षकहरूमा नयाँ उर्जा र प्रेरणा थपेको थियो।

सीईओ डा. विनोद यादवज्यूले काठमाण्डौ विश्वविद्यालयको टिमलाई समय, ज्ञान र शिक्षा क्षेत्रप्रतिको समर्पणका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरू शिक्षकहरूको व्यावसायिक विकासका लागि अत्यन्तै प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

शिक्षा क्षेत्रको समग्र उन्नतिका लागि यस्ता सहकार्यहरू भविष्यमा पनि निरन्तर जारी रहनेछ भन्ने अपेक्षा लिएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार