कंगारू एजुकेशन फाउन्डेसनको आयोजनामा आयोजित कंगारू फ्रेशर्स फेस्ट २०२५ हिजो पर्पल हाउस, बागबजार मा भव्य रूपमा सम्पन्न भयो। “When Fun Meets Future” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमले विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि जानकारीमूलक, परामर्शमूलक र सीपमूलक अनुभव प्रदान गर्यो।

कार्यक्रम बिहान १० बजेबाट सुरु भई दिउँसो ४ बजे सम्म सञ्चालन भयो। कार्यक्रममा १००० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाए, जसमा उनीहरूले विश्वका विभिन्न विश्वविद्यालयहरूसँग प्रत्यक्ष परामर्श प्राप्त गरे।
कार्यक्रममा Southern Cross University, University Canada West, Kaplan Business School, Webster University, Concordia University Chicago, Oxford International Education Group, Herzing University, ICMS, AIBI, Canterbury Education Group, Avila University लगायतका संस्थाहरूको सहभागिता थियो। साथै, IDP IELTS, नबिल बैंक, LEAP GEEBEE Education, UM College, SEIT Sydney जस्ता संस्थाहरूले परामर्श सेवामा साथ दिए।
साथै, अरबिका बारिस्ता कफी स्कूल को ५०% छुट सहितको बारिस्ता तालिम प्रदर्शनी विद्यार्थीहरूको सीप अभिवृद्धिमा लक्षित विशेष आकर्षण बन्यो। यसै सन्दर्भमा सम्पन्न कंगारू फ्रेशर्स फेस्ट २०२५ ले सूचना, सीप र अवसरको संगमका रूपमा विद्यार्थीहरूलाई सशक्त बनायो।


