८ अशोज २०८३, बिहिबार

बर्दघाट नगर वडा न.८ घोषणा भयो बालमैत्री क्षेत्र

बर्दघाट नगरपालिका वडा न ८ लाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको छ।

बर्दघाट नगरपालिकाका वडा न ८ का वडा अध्यक्ष कबिराज आचार्यको अध्यक्षतामा नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा बालमैत्री वडा घोषणा गरिएको हो ।

कार्यक्रमालाई सम्बोधन गर्दै नगरप्रमुख श्रेस्ठले युवापलायनलाई रोक्न नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर योजनाहरु बिनियोजन गरिएको बताउनु भयो।
त्येस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले बालाबालिकाको समग्र बिकाश र अधिकार प्रत्याभुती गराउदै बालबालिकाको सुनौलो भबिश्य निर्माण गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको बताउदै बालमैत्री वडा घोषणा मात्र भन्दा पनि बालबालिकाको अधिकार सुनिश्चतता गर्नका लागि, अभिभाअवक, समाज, स्थानिय सरकार सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो।
नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालिले सुर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा बालबिवाहमा रोकथाममा बालबालिकाको नेतृत्वले बिशेष भुमिका खेल्ने हुँदा घोषणा पश्चात् बालबालिका विशेष चनाखो हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो।
कार्यक्रममा सहजकर्ता शर्मिला पौडेलले बालबालिकामा गरिएको लगानी २० बर्ष पछि देखिने हुँदा नेपाल छोडेर जाने गति बिस्तारै अन्त्य हुने बताउदै घोषण पछिका गरिने गतिबिधी पनि निरन्तरताको कामना गर्नुभयो।
मातृशिशु स्वास्थ्य, बालबालिकाको मस्तिश्कको बिकाश, तिक्ष्ण बालबालिका तयारहुने, समाजमा हुने बालबिवाहको अन्त्य हुने तथा दुर्ब्यशनी बाल बालिका बिरुद्वहुने हिंसा न्यून हुने अपेक्षा लिईएको छ। बालमत्री वडा घोषणा गर्नुपुर्ब गरिनुपने ५१ सुचकको कार्य सफलतापुर्वक सम्पन्न गरिएको कार्यक्रमका अध्यक्ष कबिराज आचार्यले बतानुभयो।
बर्दघाट नगरपालिकामा यो तेश्रो बालमैत्री वडा घोशणा वडा हो। यस अघिनै बर्दघाटका वडा न ९ र वडा न ५ घोषणा गरिसकिएको छ।
बाल बचाउ, बाल संरक्षण, बाल बिकास, बाल सहभगिता, सस्थागत बिकास लागाएतका क्षेत्रमा नगरले प्राथमिकताका साथ लागू गर्न बालमैत्री शासन घोषणा पश्चात् दिगोपनका लागि पन्चबर्षिय रणनितिक योजना समेत सार्वाजनिक गरिएको छ।
कार्यक्रममा विभिन्न संघ सस्था तथा ब्यक्तिहरुलाई बालमैत्री वडा बनाउन खेलेको भुमिकाको प्रसंशा गर्दै प्रसंशा पत्र प्रदान गरिएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार