• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल र भारतका पत्रकारद्वारा बौद्धधाम यात्रा सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण ६, सोमबार ११:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी /  नेपाल र भारतका पत्रकारहरूको एक संयुक्त टोलीले भारत स्थित चार महत्वपूर्ण बौद्ध तीर्थस्थलको सफल यात्रा सम्पन्न गरेको छ ।

    दुई छिमेकी राष्ट्रबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने र बुद्धको जन्मस्थलदेखि महापरिनिर्वाण स्थलसम्मका क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले यो यात्रा आयोजना गरिएको टोली यात्रा संयोजक राजेश ज्ञवालीले बताउनुभयो ।
    नेपाल र भारतका दशजना प्रतिष्ठित पत्रकारहरू सहभागी यस यात्रा टोलीका संयोजक एवं लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीका अनुसार, “दुवै देशका पत्रकारहरूबीच अनुभव आदानप्रदान र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नुका साथै बौद्ध धर्मको खोज, अनुसन्धान तथा महत्वलाई उजागर गर्नु यात्राको मुख्य उद्देश्य थियो ।”
    यात्रा संयोजक एवं टोली नेता ज्ञवालीले यो यात्रा केवल धार्मिक भ्रमण मात्र नभई दुई देशबीचको समझदारी बढाउने एक महत्वपूर्ण पहल पनि रहेको बताउनुभयो ।

    यात्राले सहभागी दुइ देशका पत्रकारहरुबीचको सम्बन्ध प्रगाढ भएको र एक अर्काबीच सूचना तथा साझा संस्कृतिको अनुभव समेत आदान प्रदान भएको उहाँले जानकारी दिनुभयो ।
    टोलीले बौद्ध सर्किटमा पर्ने महत्वपूर्ण चार बौद्ध तीर्थस्थलहरु लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरसहित बुद्धको मावली देवदह र गृहराज्य कपिलवस्तुको पनि भ्रमण गरेको छ । भारतीय पत्रकार जय प्रकाश गुप्ताले मायादेवी मन्दिर, अशोक स्तम्भ र लुम्बिनीमा विभिन्न देशहरूले निर्माण गरेका गुम्बाहरूको पनि अवलोकन गरेको बताउनुभयो ।
    परासीका पत्रकार पुरुषोत्तम सुवेदीले यात्रा अनुभवलाई अविस्मरणीय भन्दै नेपाल र भारतका बौद्ध तीर्थस्थलहरूको ऐतिहासिक, धार्मिक र आध्यात्मिक महत्वबारे टोलीले गहन जानकारी प्राप्त गरेको बताउनुभयो । पत्रकार सुब्‌दीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यसरी नै अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
    पत्रकार सुवेदीले भगवान बुद्धले ज्ञान प्राप्त गरेको स्थल, महाबोधी मन्दिर र बोधी वृक्षको दर्शन गरी पत्रकारहरूले ध्यान र प्रार्थनामा समय बिताएको बताउनुभयो । उहाँका अनुसार, “भगवान बुद्धले ज्ञान प्राप्तीपछि पहिलो पटक धर्मोपदेश दिनु भएको स्थान, धमेख स्तूप र चौखण्डी स्तूपको भ्रमण गरी बौद्धधर्मको प्रारम्भिक विकासबारे जानकारी लिएका थियौँ ।”
    थाना क्यान्ट कमिसनरेट वाराणसीका प्रभारी निरीक्षक शिवकान्त मिश्राले सारनाथमा स्वागतगर्दै बौद्ध तीर्थस्थलहरूको महत्वबारे व्याख्या गर्नुभएको थियो । उहाँले रोग, भोक, शोक र द्वन्द्वकोमा जकडिँदै गएको संसारमा बुद्धको शान्ति सन्देशबाट नयाँे अनुभव सुनाउनुभयो ।
    बिहार पर्यटन विभागका जनसम्पर्क अधिकारी रवि शंकर उपाध्यायको टोलीले पटना पुरानो सचिवालय स्थित कार्यालयमा स्वागतगर्दै बिहारका ऐतिहासिक तथा धार्मिक स्थलहरूबारे जानकारी गराउनु भएको थियो । त्यसैगरी बोधगयाका सहायक पर्यटक सूचना अधिकारी मनमोहन कुमार र रोयल थाइ मोनष्ट्री बोधगयाका प्रमुख समेतले पनि टोलीलाइ स्वागत गर्नु भएको थियो ।
    यात्राका क्रममा कुशीनगरका सदर विधायक मनिष जयसवालले संयुक्त यात्रा टोलीलाई कुशीनगरमा स्वागतगर्दै बौद्ध सर्किटलाई नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाइ साझा सेतु बताउनुभयो । उहाँले कनेक्टिभिटी, पर्यटक सुविधा तथा विकासको महत्वमाथि जोड दिनुभयो ।
    सदर विधायक जयसवालले यसबाट भारतीय पत्रकारहरूले बुद्धको जन्मस्थल लुम्बिनीको महत्व बुझ्न र नेपालीहरूले भारतमा बौद्ध धर्मको फैलावट र यसको विश्वव्यापी प्रभावबारे स्पष्ट चित्र प्राप्त गर्न तथा एक–अर्काको संस्कृति र जीवनशैली बुझ्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसबाट भविष्यमा संयुक्त पत्रकारिता परियोजनाहरू सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।
    यात्राको अन्तमा भगवान बुद्धको महापरिनिर्वाण मन्दिर र रामाभार स्तूपको दर्शन–अवलोकनगरी पत्रकारहरुको संयुक्त अध्ययन तथा भ्रमण टोली नेपाल फर्किएको छ । यात्राका क्रममा भारतको उत्तर प्रदेश सरकार र बिहार सरकारका विभिन्न महत्वपूर्ण कूटनीतिक व्यक्तिहरूसँग बौद्ध सर्किटको महत्व र विकासबारे महत्वपूर्ण छलफल भएको यात्रा संयोजक एवं टोली नेता राजेश ज्ञवालीले बताउनुभयो ।

    Post Views: 183

    प्रकाशित मिति: २०८२ श्रावण ६, सोमबार ११:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न
    हब इन्टरनेशनल एजुकेशन नेपाल प्रिमियर लिग (NPL) सिजन २ का लागि पोखरा एभेन्जर्सको अफिसियल इन्टरनेशनल एजुकेशन पार्टनर
    फ्रान्सको शिक्षा र संस्कृति बुझ्न Alliance Française र Campus France सर्वोत्तम केन्द्र : जुपिटर मिडियाको अवलोकन भ्रमण
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.