• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

राष्ट्रिय क्रिकेट टोलीका फाष्ट बलर करण केसी इनफर्मेटिक्स कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त

  •  संवाददाता
  • २०८२ श्रावण १२, सोमबार १८:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इनफर्मेटिक्स कन्सल्टेन्सी (प्रा.) लि.ले एक विशेष समारोहको आयोजना गर्दै राष्ट्रिय क्रिकेट टोलीका फाष्ट बलर श्री करण केसीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। नेपालको उच्च शिक्षाको परामर्श क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेको इनफर्मेटिक्स कन्सल्टेन्सीले पारदर्शी, गुणस्तरीय र विद्यार्थी–केन्द्रित सेवा प्रदान गर्दै आएको छ। युवापुस्तामा लोकप्रिय र अनुशासित खेलाडीको रूपमा स्थापित श्री केसीको छवि विद्यार्थी र अभिभावकमाझ विश्वास निर्माणमा थप प्रभावकारी हुने विश्वास गरिएको छ।

    कार्यक्रममा मन्तव्य दिँदै श्री करण केसीले इनफर्मेटिक्स कन्सल्टेन्सीको अभियानमा आबद्ध हुन पाउँदा आफूलाई गर्व महसुस भएको बताए। उनले भने, “मेरो प्रयास सधैं सकारात्मक सन्देश प्रवाह गर्ने हुन्छ। खेलमा जस्तो निरन्तर अभ्यास र इमानदारीले सफलता ल्याउँछ, त्यस्तै शिक्षा र करियर निर्माणमा पनि सही दिशानिर्देशन जरुरी हुन्छ। इनफर्मेटिक्स जस्तो अनुभवी संस्थासँग आबद्ध भएर मैले नयाँ जिम्मेवारी लिएको छु, यो अभियानले धेरै युवालाई सहयोग पुग्नेछ भन्ने आशा राखेको छु।”

    समारोहमा नेपाल शैक्षिक परामर्श संघ (ECAN) का अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष दीपक गुरुङलगायतका विशिष्ट अतिथिहरू र शुभेच्छुकहरूले कार्यक्रमलाई सम्बोधन गर्दै शुभकामना व्यक्त गरे।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ  ( FECE – Nepal ) का अध्यक्ष श्री राजेन्द्र बरालले इनफर्मेटिक्सको यो पहललाई उदाहरणीय भन्दै शुभकामना व्यक्त गरे। उनले भने, “शिक्षा परामर्श क्षेत्रमा विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नु सबैभन्दा ठूलो उपलब्धि हो। खेल, शिक्षा र परामर्श सेवा एकै मञ्चमा जोड्ने प्रयासले परामर्श सेवाको विश्वसनीयता अझै बढ्नेछ। करण केसीजस्तो राष्ट्रिय स्तरका खेलाडीको सहभागिता सन्देशमूलक र प्रभावशाली बन्न सक्छ।”

    इनफर्मेटिक्स कन्सल्टेन्सीका निर्देशक श्री ज्ञानेन्द्र मान जोशीले ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रमको समापन मन्तव्यमा सबैलाई धन्यवाद दिँदै यस साझेदारीको उद्देश्य स्पष्ट पारे। उनले भने, “हामीले विद्यार्थीको भविष्यप्रति उत्तरदायी रहनुपर्ने महसुस गर्दै यो साझेदारीको थालनी गरेका हौं। प्रेरणादायी व्यक्तित्वहरूलाई शैक्षिक सन्देशवाहक बनाउँदा, विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन र लक्ष्यप्रति प्रतिबद्धता जागृत हुन्छ। यस अवसरमा विशेष सहयोग गर्नुहुने अध्यक्ष राजेन्द्र बरालज्यू, करण केसीज्यू, अन्य विशिष्ट अतिथि र उपस्थित सम्पूर्ण पत्रकार मित्रहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। मिडिया प्रतिनिधिहरूलाई यस समाचारलाई बढीभन्दा बढी सम्प्रेषण गरी शिक्षा क्षेत्रको प्रगतिमा योगदान पुर्‍याइदिनुहुन पनि अनुरोध गर्दछु।”

    कार्यक्रमको अन्त्यमा जलपान तथा अतिथिहरूसँग अन्तर्क्रिया सत्र समेत सम्पन्न गरिएको थियो। इनफर्मेटिक्स कन्सल्टेन्सीले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    Post Views: 495

    प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार १८:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • ३. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    चर्चित
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.