काठमाडौं — UTC थ्राइभ डे २०२५ – क्राफ्टिङ करियर शीर्षकमा आयोजित नेपालको सबैभन्दा ठूलो युवा ग्रोथ कार्निभल २०२५, २०८२ साल साउन २८ गते (१३ अगस्ट २०२५) का दिन काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा भवनमा भव्यतापूर्वक सम्पन्न भएको छ। बिहानदेखि साँझसम्म चलेको यस कार्यक्रममा देशभरका युवाहरूले नेतृत्व क्षमता, टिमवर्क, सीप विकास र सर्जनात्मकतालाई उत्साहपूर्वक प्रदर्शन गरेका थिए।

![]()
आठ चरणको व्यक्तिगत तथा सामूहिक विकास यात्राको रूपमा डिजाइन गरिएको थ्राइभ विद्यार्थीहरूको नेतृत्वमा सञ्चालन गरिएको थियो, जसले प्रतिभा, परिवर्तन र सम्भावनाको अद्वितीय मञ्च प्रदान गर्यो। यसको भव्य समापन ‘थ्राइभ डे’ मा योगदानकर्ताहरूलाई सम्मान, अग्रणी कलेज र उद्योग व्यवसायीहरूसँग रोजगारी तथा नेटवर्किङ अवसर, साथै युवाहरूका लागि उपयोगी अन्तरक्रियात्मक सत्रहरू समावेश थिए।
![]()
टेक्स्पायर कलेज, आईआईएमएस कलेज, केआईएसटी कलेज, केसीएम कलेज, सीसीए, एम्बार्क कलेज र अपोलो इन्टरनेशनल कलेज लगायतका प्रतिष्ठित कलेजहरूले कार्यक्रममा सहभागिता जनाउँदै ३० हजारदेखि ५ लाख रुपैयाँसम्मका छात्रवृत्ति घोषणा गरेका थिए। कुल १ करोड रुपैयाँभन्दा बढीका छात्रवृत्ति अवसर उपलब्ध गराइएको यस अवसरले योग्य विद्यार्थीहरूलाई उच्च शिक्षाको यात्रामा महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको विशेष आकर्षण नेपालका चर्चित ब्यान्ड एलेमेन्ट्स र पहेलो बत्ती मुनीको लाइभ कन्सर्ट रह्यो, जसले युवा कार्निभललाई थप रंगीन बनायो। समापन सत्रमा युटिसीका निर्देशक प्रकाश ढकालले कार्यक्रममा सहभागी भएका सबै कलेज, प्रस्तोता तथा समर्थकहरूलाई कार्यक्रम सफल बनाउनको लागि हार्दिक धन्यवाद ज्ञापन गरे।
![]()

