नवलपरासी/प्रतापपुर-५, लट्ठा स्थित सीमा क्षेत्रमा तस्कर समूहसंग भिड़न्त भएको छ ।

गए राति करीब बजे मध्यरातमा तस्करी भैरहेको अवस्थामा गस्तीमां रहेकों गुठीप्रसौनी सीमा सुरक्षा बलसंग (सशस्त्र प्रहरी) संग भिड़न्त भएको हो ।
भारतबाट मध्य रातमा मोटरसाइकलमां सुकेका माछा नेपाल ल्याउदै गर्दा तस्कर समूहसंग भिड़न्त भएको स्रोतले बताएको छ ।
सुरुमा ५-७ जना तस्कर भेटीएको र तस्कर हरू थप २०-२५ जना जन्मा भई हुल हुज्जत गर्न खोजेपछि सशस्त्र प्रहरीले २ राउण्ड हवाई फ़ायर गरे पछि तस्कर तितर बितर भएका थिए ।
भिड़न्तमा सीमा सुरक्षा बलको कमाण्ड गुठीप्रसौनी सीमा सुरक्षा बलका सहायक प्रहरी निरीक्षकले सम्हालेको बुझीएको छ ।


