३० अशोज २०८३, शुक्रबार

नवलपरासी सीमाक्षेत्रमा तस्करसंग प्रहरीको मध्यरातमा भिड़न्त: २ राउण्ड हवाई फ़ायर

नवलपरासी/प्रतापपुर-५, लट्ठा स्थित सीमा क्षेत्रमा तस्कर समूहसंग भिड़न्त भएको छ ।

गए राति करीब बजे मध्यरातमा तस्करी भैरहेको अवस्थामा गस्तीमां रहेकों गुठीप्रसौनी सीमा सुरक्षा बलसंग (सशस्त्र प्रहरी) संग भिड़न्त भएको हो ।

भारतबाट मध्य रातमा मोटरसाइकलमां सुकेका माछा नेपाल ल्याउदै गर्दा तस्कर समूहसंग भिड़न्त भएको स्रोतले बताएको छ ।

सुरुमा ५-७ जना तस्कर भेटीएको र तस्कर हरू थप २०-२५ जना जन्मा भई हुल हुज्जत गर्न खोजेपछि सशस्त्र प्रहरीले २ राउण्ड हवाई फ़ायर गरे पछि तस्कर तितर बितर भएका थिए ।

भिड़न्तमा सीमा सुरक्षा बलको कमाण्ड गुठीप्रसौनी सीमा सुरक्षा बलका सहायक प्रहरी निरीक्षकले सम्हालेको बुझीएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार